logo

०.४० अंकले शेयर बजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार

    1232   पटक पढिएको

२४ पुस /अर्थ र व्यापार - मंगलबार शेयर बजार ०.०३ प्रतिशतले घटेको छ । सोमबार एक सातादेखि घटेको शेयर बजारमा ६.६७ प्रतिशतको सुधार देखिए पनि मंगलबार पुनः ०.४० अंकले घटेको हो । कारोबारको सुरुवातमा सोमबारको जस्तै बढ्ने अपेक्षा गरिएको भएपनि कारोबार अवधिभर सामान्य उतारचढावसँगै ११७७.०७ विन्दुमा कारोबार रोकिएको छ । 

सूचक घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । सोमबार ३० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३४ करोड २७ लाख रुपैयाँको कारोबार भयो । विकास बैंक, उत्पादन तथा प्रसोधन, अन्य, र माइक्रोफाइनान्सको सूचकमा सुधार देखिए पनि अन्य सूचकहरु घटेका छन् ।

सबैभन्दा धेरै नेपाल बैंकको ८ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । आरम्भ माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९.९९ प्रतिशतले कमाएका छन् । संस्थाका शेयधरनीहरुले ६९ रुपैयाँले कमाउँदा कारोबारमा सर्किट लागेको थियो । त्यस्तै एनएमबी माइक्रोफाइनान्सका शेयरधनीहरुले ६.८५ प्रतिशतले गुमाएका छन् ।

पछिल्लो समय सरकारले बजार सुधारका लागि केही प्रयास गरेको भए पनि दोस्रो त्रैमासको बैंकको ब्याज तथा राज्यलाई तिर्नुपर्ने करको भुक्तानी साथै बैंकको व्याजदरमा सुधार हुने संकेत नदेखिँदा बजार बढ्न सकेको छैन । ब्याज भुक्तानीको दवाव शेयर बजारमा अझै २५र२६ गतेसम्म पर्नेछ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।