logo

३२ अंकको फराकिलो बृद्धिपछि बजार ओरालो लागेको शेयर बजार ३० अंकले बढ्यो

    1442   पटक पढिएको

११ पुस/ अर्थ र व्यापार  - कार्यदलले प्रतिवेदन बुझाएपछि ३२ अंक बढेर फेरि ओर्लिएको शेयर बजारले ३० अंकको छलाङ मारेको छ । अर्थमन्त्रीको कार्यदलले दिएको सुझाब राष्ट्र बैंकले मान्दिएपछि शेयर बजारले १२०० अंकलाई समेत नाघेको छ । अंग्रेजी नयाँ बर्षको मुखैमा राष्ट्र बैंकले लगानीकर्तालाई बम्पर गिफ्ट दिएका कारण बजारमा उछाल देखिएको हो ।

केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै लगानीकर्ताले मागेजति सबै माग पुरा गरिदिएको छ । शेयर धितो ऋणमा लचकताका साथै मार्जिन कलको समस्यासमेत हल गरिदिएको छ ।  कार्यदलले दिएको सुझाब अनुसार नै केन्द्रीय बैंकको निर्देशन नआउने हो कि भन्ने आशंकामा लगानीकर्ता थिए । त्यसैले ३२ अंकको फराकिलो बृद्धिपछि बजार ओरालो लागेको थियो । कार्यदलले दिएको सबै सुझाबहरु कार्यान्वयनमा आएपछि बुधबार लगानीकर्ताहरु हौसिएका छन् । दनिभरीमा करिव ७० अर्ब रुपैयाँको किनबेचसमेत भएको छ । शेयर बजार निरन्तर घटेपछि अर्थमन्त्री खतिवडाले बजार बढाउने उपायका बारेमा सुझाब दिन कार्यदल गठन गरेका थिए । कार्यदलको उद्देश्य ब्याज दर झार्ने पनि थियो। कार्यदलले के के कारणले बजार बढ्छ ती सबै उपायहरु सुझाबका रुपमा दिएको थियो ।

कार्यदलले दिएको सुझाब अनुसार केन्द्रीय बैंकले शेयर धितो ऋण मूल्यांकनको ६५ प्रतिशतसम्म दिन पाइने ब्यवस्था गरेको छ । यसअघि ५० प्रतिशतभन्दा बढि दिन पाइँदैन थियो । यसैगरी शेयर धितो ऋणलाई निरुत्साहित गर्नका लिग राखिएको रिक्स वेटेजको ब्यवस्थालाई परिमार्जन गरी उत्पादनमूलक सरह राख्ने ब्यवस्था गरिएको छ । शेयर धितो कर्जामा १५० प्रतिशत रिक्स वेटेज राख्नु पर्दथ्यो । अब भने उत्पादनमूलक सरह १०० प्रतिशत राखे हुन्छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको कोर क्यापिटलको २५ प्रतिशतसम्म मात्र शेयर धितो ऋण दिन पाइनेमा अब ४० प्रतिशतसम्म दिन पाइने ब्यवस्था गरिएको छ ।

बैंकहरुलाई सहायक कम्पनी खोलेर शेयर ब्रोकरको काम गर्न दिने नीतिगत ब्यवस्थासमेत गरिएको छ । बैंकहरुको ऋणको ब्याज दर झार्ने गरी आधार दरमा कडाइ गरिएको छ । यी सबै प्याकेजले गर्दा शेयर बजारमा उछाल देखिएको हो । सबै उपसूचकहरु उक्लिएका छन् । निर्जीबन बीमा कम्पनीको शेयर सुचक २४५ अंकले उक्लिएको छ । बैंकको साढे १८ अंकले बढेको छ भने जीवन बीमाको साढे ४ सय अंकले उक्लिएको छ । लघुवित्त ५० र होटल साढे ६५ अंकले उक्लिएको छ ।
दिनभरीमा सबैभन्दा बढि नेपाल बैंकको ४ करोड ३६ लाखको शेयर किनबेच भएको छ । नागरिक लगानी कोष, विशाल बजार कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, मल्टीप्रपोज फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफको शेयर मूल्य करिव १० प्रतिशतले बढेको छ । १७३ कम्पनीको शेयर कारोबार भएकोमा ११ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।