logo

३२ अंकको फराकिलो बृद्धिपछि बजार ओरालो लागेको शेयर बजार ३० अंकले बढ्यो

    1176   पटक पढिएको

११ पुस/ अर्थ र व्यापार  - कार्यदलले प्रतिवेदन बुझाएपछि ३२ अंक बढेर फेरि ओर्लिएको शेयर बजारले ३० अंकको छलाङ मारेको छ । अर्थमन्त्रीको कार्यदलले दिएको सुझाब राष्ट्र बैंकले मान्दिएपछि शेयर बजारले १२०० अंकलाई समेत नाघेको छ । अंग्रेजी नयाँ बर्षको मुखैमा राष्ट्र बैंकले लगानीकर्तालाई बम्पर गिफ्ट दिएका कारण बजारमा उछाल देखिएको हो ।

केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै लगानीकर्ताले मागेजति सबै माग पुरा गरिदिएको छ । शेयर धितो ऋणमा लचकताका साथै मार्जिन कलको समस्यासमेत हल गरिदिएको छ ।  कार्यदलले दिएको सुझाब अनुसार नै केन्द्रीय बैंकको निर्देशन नआउने हो कि भन्ने आशंकामा लगानीकर्ता थिए । त्यसैले ३२ अंकको फराकिलो बृद्धिपछि बजार ओरालो लागेको थियो । कार्यदलले दिएको सबै सुझाबहरु कार्यान्वयनमा आएपछि बुधबार लगानीकर्ताहरु हौसिएका छन् । दनिभरीमा करिव ७० अर्ब रुपैयाँको किनबेचसमेत भएको छ । शेयर बजार निरन्तर घटेपछि अर्थमन्त्री खतिवडाले बजार बढाउने उपायका बारेमा सुझाब दिन कार्यदल गठन गरेका थिए । कार्यदलको उद्देश्य ब्याज दर झार्ने पनि थियो। कार्यदलले के के कारणले बजार बढ्छ ती सबै उपायहरु सुझाबका रुपमा दिएको थियो ।

कार्यदलले दिएको सुझाब अनुसार केन्द्रीय बैंकले शेयर धितो ऋण मूल्यांकनको ६५ प्रतिशतसम्म दिन पाइने ब्यवस्था गरेको छ । यसअघि ५० प्रतिशतभन्दा बढि दिन पाइँदैन थियो । यसैगरी शेयर धितो ऋणलाई निरुत्साहित गर्नका लिग राखिएको रिक्स वेटेजको ब्यवस्थालाई परिमार्जन गरी उत्पादनमूलक सरह राख्ने ब्यवस्था गरिएको छ । शेयर धितो कर्जामा १५० प्रतिशत रिक्स वेटेज राख्नु पर्दथ्यो । अब भने उत्पादनमूलक सरह १०० प्रतिशत राखे हुन्छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको कोर क्यापिटलको २५ प्रतिशतसम्म मात्र शेयर धितो ऋण दिन पाइनेमा अब ४० प्रतिशतसम्म दिन पाइने ब्यवस्था गरिएको छ ।

बैंकहरुलाई सहायक कम्पनी खोलेर शेयर ब्रोकरको काम गर्न दिने नीतिगत ब्यवस्थासमेत गरिएको छ । बैंकहरुको ऋणको ब्याज दर झार्ने गरी आधार दरमा कडाइ गरिएको छ । यी सबै प्याकेजले गर्दा शेयर बजारमा उछाल देखिएको हो । सबै उपसूचकहरु उक्लिएका छन् । निर्जीबन बीमा कम्पनीको शेयर सुचक २४५ अंकले उक्लिएको छ । बैंकको साढे १८ अंकले बढेको छ भने जीवन बीमाको साढे ४ सय अंकले उक्लिएको छ । लघुवित्त ५० र होटल साढे ६५ अंकले उक्लिएको छ ।
दिनभरीमा सबैभन्दा बढि नेपाल बैंकको ४ करोड ३६ लाखको शेयर किनबेच भएको छ । नागरिक लगानी कोष, विशाल बजार कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, मल्टीप्रपोज फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफको शेयर मूल्य करिव १० प्रतिशतले बढेको छ । १७३ कम्पनीको शेयर कारोबार भएकोमा ११ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।