logo

बैंकहरुको ब्याजदर बृद्धिको असर शेयर बजारमा, मंगलबार दोहोरो अंकले घट्यो

    1633   पटक पढिएको

३ पुस/ अर्थ र व्यापार  - ठूला बैंकहरु नै ब्याज दरमा प्रतिस्पर्धा गर्न थालेपछि शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताको आन्दोलन र सरकारले पूँजी बजारको सूधारका लागि अध्यन समिति बनाएसँगै लगातर चार दिनदेखि बढेको शेयर बजार मंगलबार दोहोरो अङ्कले घटेको हो ।

हिमालयन बैंक र नबिल बैंकले समेत ब्याज दर बढाएर साढे १३ प्रतिशत पुर्याएपछि त्यसको असर शेयर बजारमा देखिएको हो । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १४.६१ अङ्कले घटेर ११६८.१७ अंकमा ओर्लिएको छ ।  गत मङसिर १९ गतेदेखि शेयर बजारमा सूधार देखिएको थियो । त्यसपछि कारोबारमा शेयर सूचक एक दिन मात्रै झिनो अङ्कले घट्यो भने बाँकी सबै दिन बजार बढेको थियो । लगातारको वृद्धिले सूचक ६४.६५ अङ्कले उक्लिएको थियो । बैंकहरुले फेरि ब्याज दरमा बृद्धि गर्न थालेपछि शेयर बजार घटेको ईन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए । 

दिनभरीमा १५९ कम्पनीका १४ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ । कुल ५३ करोड २३ लाख रुपैयाँका शेयर किनबेच भएका छन् । सबैभन्दा बढी नेपाल बैंकको पाँच करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।  उपसूचक मिश्रित देखिएका छन् । १० समूहको कारोबारमा दुई समूह बढेका छन् भने बाँकी सबै समूह घटेका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक ०.७५ प्रतिशतले बढेको छ । निर्जिवन बिमा समूह ३.५२ प्रतिशतले घटेको छ । 

समिट माइक्रोफाइनान्सका शेयरधनीले १० प्रतिशतले कमाएका छन् भने बिजय लघुबित्तका शेयरधनीले करिब आठ प्रतिशतले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।