 
                                                                   १७ आषाढ/अर्थ र व्यापार– आईतवार शेयर बजार १४ अंकले झरेर ११८४.५३ अंकमा आएको छ ।  दिनभरीमा १५८ कम्पनीका १९ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबै उपसुचकहरु रातो भएका  छन ्। सबैभन्दा बढि बीमा करिव ९० अंकले झरेको छ। 
एफपिओ निस्कासन गरिरहेको नेपाल बैंकको सबैभन्दा बढि ८०  लाख रुपैयाँको किनबेच भएको छ । बजारमा आरम्भ माइक्रोफाइनान्सका लगानीकर्तालेले प्रति शेयर २७ रुपैयाँ कमाएका छन् । गुमाउनेमा तिनाउ डेभलपमेन्ट बैंक छ । 
बजेटपछि निरास बनेका लगानीकर्ता आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा शेयर बजार बारे केही कार्यक्रम आए बजार बढ्नसक्ने कुरामा आशावादी छन् । 
 
 
तपाईको प्रतिक्रिया