logo

साताभरीनै शेयर बजारमा गिरावट, अन्तिम दिन सूचक ६.६९ अंकले घट्यो

    1286   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार– साताको पहिलो दिन देखिनै घट्न थालेको शेयर बजार कारोबारको अन्तिम दिन बिहीबार पनि घटेरै बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ६.६९ अंकले घटेर ११८०.६३ अंकमा झरेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३७ अंकले घटेर २४९.१३ अंकमा झरेको छ ।

कारोबारको पहिलो आधा घण्टामा एक अंकको सुधार देखिएपनि त्यसपछि लगातार वजार घटेको हो । 
बिहीबार १६३ कम्पनीका आठ लाख ६९ हजार कित्ता शेयर १९ करोड ६९ लाख रुपैयाँमा खरिद बिक्री भयो । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

ट्रेडिङ् बाहेक सबै उप सूचक घटेका छन्। ट्रेडिङ् २.११ अंकले  बढेको छ। बैंक ३.३७, होटेल ३१.५२, विकास बैंक १.३१, जलविद्युत १६.८८, फाइनान्स ०.७, निर्जीवन बीमा ७०.७, अन्य ०.४२, लघुबित्त १६.४७ र जीवन बीमा १०२.८३ अंकले घटेको छ।

आरम्भ माइक्रो फाइनान्सका शेयरधनीले करिब चार प्रतिशत कमाए भने मल्टिपर्पोज फाइनान्सका शेयरधनीले करिब १० प्रतिशत गुमाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।