logo

शेयर बजारमा सामान्य गिरावट, ६५ करोड ३ लाख बराबरको कारोबार

    1427   पटक पढिएको

२२ बैशाख /अर्थ र व्यापार - आइतबार नेप्से परिसूचक १६.७१ अंकले घटेर १२७७.६८ अंकमा ओर्लिएको छ । १७५ कम्पनीका २३ लाख १२ हजार ५३० कित्ता शेयरहरु ६५ करोड ३ लाख रुपैंयामा किनबेच भएका छन् । अघिल्ला दिनहरुको तुलनामा कारोबार रकममा फराकिलो अन्तरले गिरावट आएको हो । वाणिज्य बैंक समुहमा आएको १६.०२ अंकको गिरावट नै बजार ओरालो लाग्नुको मुख्य कारक बनेको छ । जीवन बीमा समुहमा १२७.०२ अंकको गिरावट आएको बजारमा जलविद्युतमा ५३.८८, लघुवित्तमा २५.८७, निर्जीवन बीमामा २४.७३, होडलमा १९.६१, विकास बैंकमा १७.४४ र वित्त समुहमा २.४ अंकको गिरावट आएको छ ।

उत्पादन समुहमा २०.८ अंकको सुधार आएको बजारमा अन्य समुह १.१२ अंकले उकालो लागेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.८६ अंकले घटेर २७३.९६ अंकमा ओर्लिएको छ । सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको वित्तीय विबरण निकाल्ने क्रम तिब्र गतिमा चल्दै गर्दा लगानीकर्ताले कम्पनीहरुको प्रगति आँकलन गरिसकेका छन् । जसको सिधा असर बजारमा देखिएको हो । आइतबार वाणिज्य बैंकहरुको शेयरमा अधिक कारोबार चाप देखिएको छ । अधिक शेयर कारोबार हुने शिर्ष १० कम्पनीको सूचीमा ८ वाणिज्य बैंक परेका छन् ।

मल्टिपर्पोज फाइनान्स, युनाइटेड फाइनान्स, शिवम सिमेन्ट लगायत कम्पनीहरुको शेयर मूल्य धेरै बढेको बजारमा चिलिमे हाइड्रो, अरुण भ्याल्ली हाइड्रो, एभरेष्ट इन्स्योरेन्स लगायत कम्पनीको शेयर मूल्य धेरै घटेको छ । आइतबार बजारमा तिब्र गिरावट देखिँदा पनि २७ कम्पनीहरुको शेयर मूल्य बढेको छ ।बैंकहरुको व्याजदरमा गिरावट नआउनुले बजारलाई सबैभन्दा धेरै असर पारिरहेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने समय नजिकिँदै गर्दा लगानीकर्तामा उत्साह देखिए पनि ढुक्क हुन सकिरहेका छैनन् । सरकारी खर्च अपेक्षित नभएका कारण उत्पन्न अवस्थाका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका हुन् ।

अर्कातिर बजार प्रवेश गरेका भनिएका ठुला तथा संस्थागत लगानीकर्ताहरुले नाफा सुरक्षित गर्ने क्रम तिब्र बनाएको बुझिएको छ । जसका कारण सूचकसँगै कारोबार रकममा पनि गिरावट आईरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।