logo

आइतबार दोहोरो अंकले बढेको शेयर बजार सोमबार फेरि घट्यो, कार्यदलको सुझावले धान्न सकेन

    1475   पटक पढिएको

९ पुस /अर्थ र व्यापार  - मुद्रा र पूँजी बजार सम्बन्धी सरकारी कार्यदलले दिएको सुझाबले शेयर बजारलाई धान्न सकेन । आइतबार दोहोरो अंकले बढेको शेयर बजार सोमबार फेरि घटेको छ । सोमबार शेयर बजार मापक सूचक ६.४५ अङ्कले घटेर ११९१.७४ अंकमा ओर्लिएको छ ।

सेन्सेटिभ सूचक १.७० अङ्कले घटेर २५३.६८ अंकमा झर्यो । आइतबार सूचक ३२.२४ अङ्कले बढेको थियो । सोमबार कारोबारको सुरुवात देखिनै सूचकमा तीव्र उतार चढाब देखिएको थियो । कारोबारको पहिलो चौबिस मिनेटमा बजार नौ अङ्क बढेर सूचक १२०६ अंकमा उक्लिएको थियो । सुरुवाती समयमा कायम गरेको वृद्धि पहिलो घण्टाको अन्त्यमा घटेर रातो भएको थियो । त्यसपछि पून बढेको बजार कारोबारको अन्तिम खुम्चिएर बन्द भएको हो ।  

सूचक सँगै कारोबार रकम समेत घटेको छ । १६८ कम्पनीको २२ लाख ७६ हजार कित्ता शेयर ७९ करोड ८७ लाख रुपैयाँमा कारोबार भयो । आइतबार ८७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आइतबारको तुलनामा कारोबार रकम करिब आठ करोड रुपैयाँ कम हो । सोमबार सबैभन्दा बढी एनएमबी बैंकको नौ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
उपसूचक मिश्रित देखिएको छ । ११ समूहको कारोबारमा चार समूह बढेका छन् भने बाँकी समूह घटेका छन् ।

सबैभन्दाबढी होटेल समूह १.८४ प्रतिशतले घटेको छ । जीवन वीमा समूह १.२१ अङ्कले बढेको छ । सबैभन्दाबढी ग्लोबल आईएमई लघुबित्त वित्तीय संस्थाका शेयरधनीले करिब १० प्रतिशत कमाए । विशाल बजार कम्पनीका शेयरधनीले करिब आठ प्रतिशत गुमाए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।