logo

आइतबार दोहोरो अंकले बढेको शेयर बजार सोमबार फेरि घट्यो, कार्यदलको सुझावले धान्न सकेन

    1228   पटक पढिएको

९ पुस /अर्थ र व्यापार  - मुद्रा र पूँजी बजार सम्बन्धी सरकारी कार्यदलले दिएको सुझाबले शेयर बजारलाई धान्न सकेन । आइतबार दोहोरो अंकले बढेको शेयर बजार सोमबार फेरि घटेको छ । सोमबार शेयर बजार मापक सूचक ६.४५ अङ्कले घटेर ११९१.७४ अंकमा ओर्लिएको छ ।

सेन्सेटिभ सूचक १.७० अङ्कले घटेर २५३.६८ अंकमा झर्यो । आइतबार सूचक ३२.२४ अङ्कले बढेको थियो । सोमबार कारोबारको सुरुवात देखिनै सूचकमा तीव्र उतार चढाब देखिएको थियो । कारोबारको पहिलो चौबिस मिनेटमा बजार नौ अङ्क बढेर सूचक १२०६ अंकमा उक्लिएको थियो । सुरुवाती समयमा कायम गरेको वृद्धि पहिलो घण्टाको अन्त्यमा घटेर रातो भएको थियो । त्यसपछि पून बढेको बजार कारोबारको अन्तिम खुम्चिएर बन्द भएको हो ।  

सूचक सँगै कारोबार रकम समेत घटेको छ । १६८ कम्पनीको २२ लाख ७६ हजार कित्ता शेयर ७९ करोड ८७ लाख रुपैयाँमा कारोबार भयो । आइतबार ८७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आइतबारको तुलनामा कारोबार रकम करिब आठ करोड रुपैयाँ कम हो । सोमबार सबैभन्दा बढी एनएमबी बैंकको नौ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
उपसूचक मिश्रित देखिएको छ । ११ समूहको कारोबारमा चार समूह बढेका छन् भने बाँकी समूह घटेका छन् ।

सबैभन्दाबढी होटेल समूह १.८४ प्रतिशतले घटेको छ । जीवन वीमा समूह १.२१ अङ्कले बढेको छ । सबैभन्दाबढी ग्लोबल आईएमई लघुबित्त वित्तीय संस्थाका शेयरधनीले करिब १० प्रतिशत कमाए । विशाल बजार कम्पनीका शेयरधनीले करिब आठ प्रतिशत गुमाए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।