logo

१ बजेसम्म मै परिसुचक १७.८१ अंकले बढ्यो, नेप्सेमा सुधारको संकेत 

    1133   पटक पढिएको

८पुस/ अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको टोलीले मुद्रा तथा पुँजी बजारमा देखिएका प्रबृत्तिहरुको समग्र अध्ययन गरी वित्तीय स्थायित्व कायम गर्न एबम् औद्योगिक तथा पँजी बजारमा लगानीका लागि देखिएका समस्याहरु पहिचान गरी सुझाव दिएपछि सेयर बजारमा उत्साह देखिएको छ ।

कार्यदलले अर्थमन्त्री डा. युवराज खतिवडालाई दिएको ५८ बुदे सुझाव गत शुक्रबार अर्थमन्त्रालयले सार्बजनिक गरेको छ । सो सुझाव सार्बजनिक भएपछि आइतबार खुलेको सेयर बजारमा पौने १ बजेसम्ममा नै ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । यो समाचार तयार पारिरहदासम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १७.८१ अंकले बढेको छ ।

सो समयसम्ममा बैंकिङ समुहको सुचक १६.१२ अंकले, होटल समुहको सुचक २३.६८ अंकले, विकास बैंक समुहको सुचक १६ अंकले र जलविद्युत कम्पनी समुहको सुचक २४.४२ अंकले बढेको छ । यस्तै वित्त कम्पनी समुहको सुचक ४ अंकले, निर्जीबन बीमा कम्पनी समुहको सुचक १३८.१९ अंकले, अन्य समुहको सुचक ७.८९ अंकले, लघुवित्त कम्पनी समुहको सुचक ३०.८ अंकले र जीबन बीमा समुहको सुचक १११.९९ अंकले बढेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।