logo

शेयर लगानीकर्ता दबाब समूहद्वारा फेरि अनशन सुरु, अर्थ मन्त्रालयले षडयन्त्रपूर्ण काम गरेको आरोप

    1381   पटक पढिएको

१ पुस अर्थ र व्यापार - अर्थ मन्त्रालयले षडयन्त्रपूर्ण काम गरेको भन्दै शेयर लगानीकर्ता दबाब समूहले फेरि अनशन सुरु गरेको छ । शुक्रबार वार्ता टोली र सरकारी अध्ययन समितिबीच वार्ता भएपनि शनिबार अध्ययन समितिको बैठकमा सामेल नगराएछि षडन्यन्त्रपूर्ण काम गरेको आरोप लगाउँदै फेरि अनशन सुरु गरेको हो ।

शनिबार अध्ययन समितिको बैठकमा सहभागि हुन राष्ट्र बैंक पुग्दा दबाब समूहका सदस्यहरुलाई मुल ढोकाबाट छिर्न नदिएको आरोप लगानीकर्ताको छ । शेयर लगानीकर्ता दबाब समूहले शनिबार जारी गरेको विज्ञाप्तीमा अर्थ मन्त्रालयका सह(सचिव खत्रीको निर्देशनमा डेपुटी गभर्नरको अध्ययन समितिले षडयन्त्र गरेको उल्लेख छ । उनीहरुले आइतबार देखि फेरी नेप्सेको कार्यालय अगाडि रिले अनशन सुरु गरका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पर्दा भित्रबाट र सहसचिव उत्तर कुमार खत्रीले प्रत्यक्ष रुपमा डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कारिन्दा बनाएर शेयर लगानीकर्तालाई फसाउन लागेको समुहको दाबी छ । नेपालको पूँजी बजारलाई संकटतर्फ धकेलेर शेयर बजारमा अन्योल र अराजकता बढाउने लागेको दबाब समूहको आरोप छ ।

समुहले शेयर धितो कर्जाको सिमा ८० प्रतिशत पुर्याउने, शेयर धितो कर्जाको जोखिमभार १५० बाट १०० प्रतिशतमा झार्ने, अनलाईन कारोबार प्रणाली पूर्ण रुपमा संचालनमा आएसँगै ब्रोकर कमिशन घटाउने, ब्रोकर मार्फत मार्जिन ल्याण्डिङ्ग उपलब्ध गराउने, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष, धितोपत्र ब्यवसायी र शेयर दलाललाई तत्काल डिलरशीप दिने, बढाईएको पूँजीगत लाभकर घटाउने लगायतका माग समावेश गरी प्रतिवेदन बुझाएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।