logo

आज शेयर बजार ३२.२४ अङ्कले वृद्धि, पाँच महिना एताकै ठुलो सुधार

    1785   पटक पढिएको

८पुस/ अर्थ र व्यापार - मुद्रा र पूँजी बजार सम्वन्धी सरकारी कार्यदलले दिएको सुझाबले शेयर बजारमा चमक देखिएको छ । विहिबार कार्यदलले सुझाब दिएपछि आइतबार पहिलो दिन शेयर बजारमा ३२.२४ अंकले बढेको छ । पाँच महिनापछि शेयर बजारमा एकै दिन यति ठूलो सुधार आएको हो । यसअघि जेठ १४ गते शेयर बजार ३६ अंक बढेको थियो ।

आइतबार शेयर इन्डेक्स ११ सय ९८.१८मा कायम भयो । तीन चरणको निर्वाचनपछि स्थायी सरकार आएपछि बजार केही सुधार आएको थियो । तर अर्थमन्त्रीमा डा. युवराज खतिवडा आएपछि शेयर बजार ओरालो लागेको थियो । आइतबार उत्पादनमूलक वाहेक सबै सूचक हरियो भयो । नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष डा.आत्मराम घिमिरेले सरकारी कार्यदलको सुझाबले शेयर बजारमा उछाल आएको बताए ।

योसँगै राष्ट्र बैंकको अगुवाईमै नेपाल बैंकर्स एशोसिएसनसँग भएको ब्याजदरमा भद्रसहमतिले समेत निक्षेपको ब्याज ओरालो लाग्यो । निक्षेपको ब्याजदर साढे ९ प्रतिशतमा सीमित राख्ने सहमतिपछि ऋणको ब्याजदर समेत घट्ने अपेक्षाले शेयर बजार उकालो लागेको हो । सरकारी कार्यदलले शेयर बजार सुधारका लागि धेरै सुझाब दिएको छ । यो सुझाब हुबहु कार्यान्वयनमा आएमा शेयर बजार सुध्रिने विश्वासले पनि काम गरेको देखिन्छ ।

आइतबार १६४ कम्पनीका २८ लाख १२ हजार कित्ता शेयर ८७ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दाबढी सनराईज बैकको संस्थापक शेयर आठ करोड १७ लाख रुपैयाँमा कारोबार भयो । यो गत तीन महिना यताकै सबैभन्दाबढी कारोबार हो । गत असोज १० गते बजारमा ८९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

उपसूचक मिश्रित देखिएको छ । उत्पादनमूलक बाहेक सबै उप समूह बढेका छन् । उत्पादन मूलक समूह ०.२७ प्रतिशतले घटेको छ । सबैभन्दाबढी निर्जीवन वीमा समूह ५.९७ प्रतिशतले बढ्यो । आईएमई जनरल ईन्स्योरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । कैलाश विकास बैकका शेयरधनीले करिब सात प्रतिशत गुमाए ।    

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।