logo

आज शेयर बजार ३२.२४ अङ्कले वृद्धि, पाँच महिना एताकै ठुलो सुधार

    1599   पटक पढिएको

८पुस/ अर्थ र व्यापार - मुद्रा र पूँजी बजार सम्वन्धी सरकारी कार्यदलले दिएको सुझाबले शेयर बजारमा चमक देखिएको छ । विहिबार कार्यदलले सुझाब दिएपछि आइतबार पहिलो दिन शेयर बजारमा ३२.२४ अंकले बढेको छ । पाँच महिनापछि शेयर बजारमा एकै दिन यति ठूलो सुधार आएको हो । यसअघि जेठ १४ गते शेयर बजार ३६ अंक बढेको थियो ।

आइतबार शेयर इन्डेक्स ११ सय ९८.१८मा कायम भयो । तीन चरणको निर्वाचनपछि स्थायी सरकार आएपछि बजार केही सुधार आएको थियो । तर अर्थमन्त्रीमा डा. युवराज खतिवडा आएपछि शेयर बजार ओरालो लागेको थियो । आइतबार उत्पादनमूलक वाहेक सबै सूचक हरियो भयो । नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष डा.आत्मराम घिमिरेले सरकारी कार्यदलको सुझाबले शेयर बजारमा उछाल आएको बताए ।

योसँगै राष्ट्र बैंकको अगुवाईमै नेपाल बैंकर्स एशोसिएसनसँग भएको ब्याजदरमा भद्रसहमतिले समेत निक्षेपको ब्याज ओरालो लाग्यो । निक्षेपको ब्याजदर साढे ९ प्रतिशतमा सीमित राख्ने सहमतिपछि ऋणको ब्याजदर समेत घट्ने अपेक्षाले शेयर बजार उकालो लागेको हो । सरकारी कार्यदलले शेयर बजार सुधारका लागि धेरै सुझाब दिएको छ । यो सुझाब हुबहु कार्यान्वयनमा आएमा शेयर बजार सुध्रिने विश्वासले पनि काम गरेको देखिन्छ ।

आइतबार १६४ कम्पनीका २८ लाख १२ हजार कित्ता शेयर ८७ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दाबढी सनराईज बैकको संस्थापक शेयर आठ करोड १७ लाख रुपैयाँमा कारोबार भयो । यो गत तीन महिना यताकै सबैभन्दाबढी कारोबार हो । गत असोज १० गते बजारमा ८९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

उपसूचक मिश्रित देखिएको छ । उत्पादनमूलक बाहेक सबै उप समूह बढेका छन् । उत्पादन मूलक समूह ०.२७ प्रतिशतले घटेको छ । सबैभन्दाबढी निर्जीवन वीमा समूह ५.९७ प्रतिशतले बढ्यो । आईएमई जनरल ईन्स्योरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । कैलाश विकास बैकका शेयरधनीले करिब सात प्रतिशत गुमाए ।    

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।