logo

नेपाल स्टक एक्सचेञ्जद्वारा ३ कम्पनीको शेयरमूल्य समायोजन

    1336   पटक पढिएको

१ पुस/ अर्थ र व्यापार - नेपाल स्टक एक्सचेञ्जले आइतबार तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । स्टकले विजय लघुवित्त, मिसान माइक्रोफाइनान्स र नेपाल ल्युब आयलले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको बोनसपछि मूल्य समायोजन गरेको हो ।

नेप्सेले विजय लघुवित्तको १० प्रतिशत बोनस शेयर पश्चात प्रतिकित्ता ६३१ रुपैयाँ ८२ पैसामा शेयरमूल्य समायोजन गरेको छ । कम्पनीको १८० दिनमा कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधारमूल्य ६९२ रुपैयाँ ९१ पैसा कायम भएको छ ।
त्यसैगरि किसान माइक्रोफाइनान्सको २९ प्रतिशत बोनस शेयर पश्चात प्रतिकित्ता ९६३ रुपैयाँ ७१ पैसामा नेप्सेले शेयरमूल्य समायोजन गरेको छ । कम्पनीको १८० दिनमा कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधारमूल्य एक हजार २४१ रुपैयाँ २७ पैसा कायम भएको छ ।

लघुवित्तले हाल निष्काशन गरिरहेको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रदलाई समेत यसअघि प्रस्ताव गरेको बोनस रकम वितरण गर्दा २९ प्रतिशत बोनस १९.३३ प्रतितमा घट्नेछ । उता नेपाल ल्युब आयलको पनि १० प्रतिशत बोनस शेयर पश्चात प्रतिकित्ता १९३ रुपैयाँ ६४ पैसामा शेयरमूल्य समायोजन भएको छ । कम्पनीको १८० दिनमा कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधारमूल्य १७३ रुपैयाँ ३२ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

तीनवटै कम्पनीको समायोजित शेयरमूल्यमा शेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछैनन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।