logo

साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार

    1365   पटक पढिएको

२३ फागुन/ अर्थ र व्यापार  - साताको अन्तिम दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको सुुधार देखिएको छ । नेप्से परिसूचक १६.०१ अंकले बढेर ११२७.७७ अंकमा पुगेको छ । यसदिन १७६ कम्पनीको११ लाख ६८ हजार ३०४ कित्ता शेयर २९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएको उत्पादन तथा प्रशोधन बाहेकका सबै समूहको सूचक सकारात्मक देखिएको छ । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १५९.३२ अंकले बढेको छ । निर्जीवन बिमा समूहको सूचक १०५.२४ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूहको सूचक २२.११ अंकले बढेको छ । यता उत्पादन तथा प्रशोधन समूहको सूचक भने १८.६९ अंकले घटेको छ ।

बिहीबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी एनसीसी बैंकको एक करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन सबैभन्दा धेरै कमाउने कम्पनीमा पूर्णिमा विकास बैंक रहेको छ । कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशतले बढेको छ । यस्तै राद्यी विद्युतको शेयर मूल्य ८.९२ प्रतिशतले बढेको छ ।

उता घलेम्दी हाइड्रोका शेयरधनीले सबैभन्दा धेरै ४.६७ प्रतिशत गुमाएका छन् । त्यस्तै सेन्ट्रल फाइनान्स ४.४६, कञ्चन डेभलपमेन्ट बैंकको ३.८२ प्रतिशतले घटेको छ भने सानिमा इक्वीटी फण्ड, यूनिलिभर नेपाल लगायतको शेयर मूल्य पनि घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।