logo

शेयर बजारमा झिनो अंकको सुधार, २२ करोड भन्दा बढीको कारोबार

    1503   पटक पढिएको

२१ फागुन /अर्थ र व्यापार  - मंगलबार नेप्से परिसूचक २.०६ अंकले बढेर ११०२.६४ अंकमा पुगेको छ । आज १७४ कम्पनीको साडे २२ करोड बढीको कारोबार भयो । केहि दिन यता एघार सय अंकको वरिपरि घुमेको नेप्से मंगलबार एक समय घटेर १ हजार ९८ अंकसम्म झरेको थियो । तर बजार बन्द हुने समयसम्म आइपुग्दा सामान्य सुधार आएको हो ।

शेयर बजार ११ सय अंकको मनोवैज्ञानिक रेखामा रहेकाले पनि लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा बसेको रहेका छन् । जसले गर्दा कारोबार रकममा तिब्रता आउन सकेको छैन् । यसदिन १७४ कम्पनीको २२ करोड ५२ लाख रुपैयाँ बढीको शेयर कारोबार भयो । दिनभर बजारमा ७ लाख ३३ हजार ४२२ कित्ता शेयर खरिदबिक्री भए ।

कारोबारमा आएका व्यापार र अन्य बाहेक सबै समूहका सूचक सकारात्मक रहेपछि नेप्से सूचक बढेको हो । यसदिन एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भयो । एशियन लाइफको प्रतिकित्ता ५४० रुपैयाँमा २ करोड २६ लाख १६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता १ हजार ५६ रुपैयाँमा १ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सेन्ट्रल फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस्तै सिन्धु विकास बैंक र घलेम्दी हाइड्रो लिमिेटडका लगानीकर्ताले गुमाएका छन् ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।