logo

शेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से परिसुचक ४.९५ अंकले घट्यो

    1435   पटक पढिएको

१९ फागुन /अर्थ र व्यापार - साताको पहिलो दिन आइतबार नेप्से ११ सय विन्दुमा झरेको छ । नेप्से ४.९५ अंकले घटेर ११००.५८ बिन्दुमा झरेको हो । यस दिन १७४ कम्पनीका ८ लाख ७३ हजार ४९५ कित्ता शेयर किनबेच भएर २३ करोड ५३ लाख रुपैयाँ करोबार भयो ।

कारोबारमा आएका १० उपसूचक मध्ये जीवन बीमा र होटल समुहको बाहेक सबै ऋणात्मक देखिएका छन् । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट ४८.५ प्रतिशत लाभांश प्रस्ताव गरेपछि जीवन बीमा समुहको सुचक सबै भन्दा धेरै ५३.०८ प्रतिशतले बढेको हो । यस्तै होटल समुहको सुचक पनि ४.२३ अंकले सकारात्मक भएको छ ।
आइतबार निर्जीवन बीमा समुहको सुचक सबैभन्दा धेरै २७.७२ अंकले घटेको छ । यस्तै उत्पादन तथा प्रशोधन २३.७३, माइक्रोफाइनान्स ७.५५, वाणिज्य बैंक ६.५९, विकास बैंक ४.४६, हाइड्रोपावर ४.११, अन्य १.८९ र फाइनान्स ०.४४ ओरालो लागेका हुन् ।

यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै कारोबार भएको छ । इन्स्योरेन्सको २ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नेपाल बैंकको १ करोड ५ लाख कारोबार हुदाँ अन्य कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन । प्रभु बैंकको ९९ लाख, एनएमबि बैंकको ९५ लाख, र अपर तामाकोशीको ९१ लाख रुपैयाँको कारोबार भएका छन् ।

आइतबार भार्गव विकास बैंकको शेयरमूल्य सबै भन्दा धेरै ५.८४ प्रतिशतले बढेको छ । नेपाल लाइफको शेयरधनीले ३.४५ प्रतिशतले कमाएका छन् । सानिमा माई हाइड्रोपावर, जनउत्थान लघुवित्त, र एभेरेष्ट इन्स्योरेन्सको शेयर मूल्य २ प्रतिशत भन्दा बढीले सकारात्मक भएका छन् । यता सिन्धु विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै ८.६९ प्रतिशतले घटेको छ । आजको कारोबारबाट कृषि विकास बैंकको शेयरधनीले ६.४१ प्रतिशत र आँखुखोला जलविद्युत कम्पनीको शेयरधनीले ५.८८ प्रतिशतले गुमाएका छन् । यस्तै घलेम्दी पावर, जोशी हाइड्रोपावर, सहयोगी विकास बैंकको शेयरधनीले ४ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।