logo

शेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से परिसुचक ४.९५ अंकले घट्यो

    1152   पटक पढिएको

१९ फागुन /अर्थ र व्यापार - साताको पहिलो दिन आइतबार नेप्से ११ सय विन्दुमा झरेको छ । नेप्से ४.९५ अंकले घटेर ११००.५८ बिन्दुमा झरेको हो । यस दिन १७४ कम्पनीका ८ लाख ७३ हजार ४९५ कित्ता शेयर किनबेच भएर २३ करोड ५३ लाख रुपैयाँ करोबार भयो ।

कारोबारमा आएका १० उपसूचक मध्ये जीवन बीमा र होटल समुहको बाहेक सबै ऋणात्मक देखिएका छन् । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट ४८.५ प्रतिशत लाभांश प्रस्ताव गरेपछि जीवन बीमा समुहको सुचक सबै भन्दा धेरै ५३.०८ प्रतिशतले बढेको हो । यस्तै होटल समुहको सुचक पनि ४.२३ अंकले सकारात्मक भएको छ ।
आइतबार निर्जीवन बीमा समुहको सुचक सबैभन्दा धेरै २७.७२ अंकले घटेको छ । यस्तै उत्पादन तथा प्रशोधन २३.७३, माइक्रोफाइनान्स ७.५५, वाणिज्य बैंक ६.५९, विकास बैंक ४.४६, हाइड्रोपावर ४.११, अन्य १.८९ र फाइनान्स ०.४४ ओरालो लागेका हुन् ।

यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै कारोबार भएको छ । इन्स्योरेन्सको २ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नेपाल बैंकको १ करोड ५ लाख कारोबार हुदाँ अन्य कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन । प्रभु बैंकको ९९ लाख, एनएमबि बैंकको ९५ लाख, र अपर तामाकोशीको ९१ लाख रुपैयाँको कारोबार भएका छन् ।

आइतबार भार्गव विकास बैंकको शेयरमूल्य सबै भन्दा धेरै ५.८४ प्रतिशतले बढेको छ । नेपाल लाइफको शेयरधनीले ३.४५ प्रतिशतले कमाएका छन् । सानिमा माई हाइड्रोपावर, जनउत्थान लघुवित्त, र एभेरेष्ट इन्स्योरेन्सको शेयर मूल्य २ प्रतिशत भन्दा बढीले सकारात्मक भएका छन् । यता सिन्धु विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै ८.६९ प्रतिशतले घटेको छ । आजको कारोबारबाट कृषि विकास बैंकको शेयरधनीले ६.४१ प्रतिशत र आँखुखोला जलविद्युत कम्पनीको शेयरधनीले ५.८८ प्रतिशतले गुमाएका छन् । यस्तै घलेम्दी पावर, जोशी हाइड्रोपावर, सहयोगी विकास बैंकको शेयरधनीले ४ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।