logo

नेप्से परिसूचक ७.४७ अंकले घट्यो, ३६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार

    1628   पटक पढिएको

४ चैत्र /अर्थ र व्यापार - सोमबार नेप्से परिसूचक ७.४७ अंकले घटेर ११५३.९८ बिन्दुमा झरेको छ । बजार खुलेदेखि नै दबाबमा रहेको परिसूचक करिब २ बजेसम्म सकारात्मक रहेपनि बिक्री चाप थेग्न नसक्दा अन्तत परिसूचक ऋणात्मक बन्न पुगेको हो ।

यसदिन १६९ कम्पनीको १३ लाख ९३ हजार कित्ता शेयर ४ हजार ८१९ पटक खरिद बिक्री हुँदा ३६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ३ लाख ५९ हजार ६३६ कित्ता संस्थापक शेयर ६ करोड ३९ लाख रुपैयाँ बराबरमा कारोबार भयो । यसैगरि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक एक करोड ४७ लाख , एभरेष्ट बैंक एक करोड २४ लाख, र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको एक करोड बराबरको कारोबार भयो । एनएमबि बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर पनि ९० लाख बढीको खरिद बिक्री भएको छ ।

कारोबारमा आएका दश उप सूचकमध्ये उत्पादन तथा प्रशोधन र वित्तको इन्डेक्स् मात्र सकारात्मक बनेका छन् । बाँकी सबै ऋणात्मक रहे । जीबन र निर्जीबन बीमा तथा जलविद्युतको इन्डेक्स् एक प्रतिशत बढीले घटेका छन् । सोमबारको बजारबाट साना तथा मझौला कम्पनीको शेयरधनीले नाफा कमाएका छन्। युनाइटेड फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशतले बढेर  २१२ रूपैयाँमा पुगेको छ भने मल्टीपपर्स फाइनान्सको शेयरमूल्य पनि ७.१४ प्रतिशतले बढेको छ ।

आशा लघुवित्त, सिन्धु विकास बैंक, श्रीराम सुगर मिल्स र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले पनि सोमबारको बजारमा नाफा आर्जन गरेका छन् । उता जनउत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.१६ प्रतिशतले घटेर २ हजार २०३ रूपैयाँमा झरेको छ। खानीखोला, रैराङ्ग हाइड्रोपावर, अपि पावर,कालिका लघुवित्त र कञ्चन डेभलपमेन्ट बैंकको लगानीकर्ताले ३ प्रतिशत धेरैले सोमबारको बजारबाट गुमाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।