logo

नेप्से १३.१६ अंकले घट्यो, ३७ करोड ८ लाख रुपैयाँको कारोबार

    1359   पटक पढिएको

२९ फागुन /अर्थ र व्यापार - बुधबार नेप्से १३.१६ अंकले ११५०.१० विन्दुमा झरेको छ । १७३ कम्पनीका १३ लाख ८ हजार ६६४ कित्ता शेयरहरु ३७ करोड ८ लाख रुपैयाँमा किनबेच भएका छन् । यस दिन कारोबारमा आएका १० समुहको सुचकहरु मध्ये फाइनान्स समुहमा मात्रै सुधार देखिएको छ । फाइनान्स समुहको सुचक २.७४ अंकले बढेको छ ।

निर्जीवन बीमा समुहमा बुधबार सबै भन्दा धेरै अर्थात ८९.०५ अंकले घटेको छ । यस्तै जीवन बीमा ७३.५१, होटल ४२.४५ उत्पादन तथा प्रशोधन ३८.८१ अंकले नकारात्मक भएका छन् । बुधबार नागरिक लगानी कोषको सबै भन्दा धेरै रकमको शेयर कारोबार भएको छ । आजै २३.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको नागरिक लगानी कोषको १ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै एनसिसी बैंकको १ करोड ८३ लाख, अपर तामाकोशीको १ करोड ७० लाख, नेपाल लाइफको १ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएका छन् ।

यस दिन सबै भन्दा धेरै उन्नती माइक्रोफाइनान्सको शेयर मूल्य ९.४६ प्रतिशतले बढेको छ । यस्तै आशा लघुवित्तको ८.१२, वोमी माइक्रोफाइनान्सको ६.१७ र गुडविल फाइनान्सको शेयरमूल्य ५ं२६ प्रतिशतले बढेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।