logo

शेयर बजारमा सामान्य सुधार, नेप्से परिसूचक १४.२८ अंकले बढ्यो

    1423   पटक पढिएको

२७ फागुुुन /अर्थ र व्यापार - सोमबार नेप्से परिसूचक १४.२८ अंकले बढेर ११४२ दशमलव ९३ अंकमा पुगेको छ । यसदिन १७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर ४० करोड २८ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् । कारोबारमा आएका ११ उप(सूचकमध्ये अन्यको बाहेक बाँकी सबै उप(सूचक सकारात्मक बनेका छन् । निर्जीबन बीमाको इक्डेक्स सबैभन्दा धेरै ७९.७२ अंकले उकालो लागेको छ भने अन्यको सूचक १.६२ अंकले ऋणात्मक रह्यो ।

यसदिन नेपाल लाईफको सबैभन्दा धेरै २ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने कारोबार कित्ताको आधारमा प्रभु बैंकको सबैभन्दा धेरै ९३ हजार ७६६ कित्ता शेयर खरिद बिक्री भएको छ । नेपाल लाईफले २५ प्रतिशत बोनस र २३.५० प्रतिशत नगद लाभांश गरि कूल ४८.५० प्रतिशतको आकर्षक लाभांश घोषणा गरेयता शेयरमूल्य निरन्तर बढिरहेको छ । सोमबार प्रतिकित्ता एक हजार ११६ रुपैयाँमा कारोबार भएको छ ।
यसैगरि एनआईसी एशिया २ करोड २१ लाख र प्रभु बैंक २करोड १७ लाख बराबरको शेयर खरिद बिक्री भएको छ । नेपाल लाईफएनसीसी बैंक, अपर तामाकोशी, नबिल बैंक स.स्थापक,नागरिक लगानी कोष र नबिल बैंकको साधारण शेयर पनि एक करोड बढीको कारोबार भयो ।

निरन्तर दबाबका बीच सोमबार उच्च अंकले सुधार आएको बजारबाट ङादी ग्रुप पावरका शेयरधनीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।कम्पनीको शेयरमूल्य ८.७७ प्रतिशतले बढेको हो । कञ्चन डेभलपमेन्ट बैंक ७.८४, नेशनल हाइड्रोपावर ६.१५, निर्धन उत्थान लघुवित्त ५.९३, अपि पावर ५.४३, अरुण काबेली पावरको शेयरमूल्य पनि पाँच प्रतिशत बढीले बढ्यो । उता सेन्ट्रलको शेयरमूल्य सबैभन्दा धेरै ३.६६ प्रतिशतले गिरावट आएको छ । सर्पोट माइक्रोफाइनान्स, हाथवे फाइनान्स, र बरुण हाइड्रोपावरका शेयरधनीले पनि सोमबारको बजारमा ३ प्रतिशत बढीले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।