logo

दुई दिनमा नेप्से सूचकमा २३ अंक बढीको गिरावट

    1464   पटक पढिएको

२० जेठ / अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसूचक १२.८४ अंकले घटेर १२९२.८४ अंकमा झरेको छ । यो साताको दुई दिनमा कारोबारमा नेप्से सूचकमा २३ अंक बढीको गिरावट आएको छ । नेप्से सूचक घटेसँगै कारोबार रकम पनि ६९ करोड ८७ लाख रुपैयाँमा खुम्चिएको छ । आइतबार शेयर बजारमा १३ अंकले गिरावट हुँदा ७५ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो । १ सय ७१ वटा कम्पनीको कारोबार हुँदा १२९ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ भने २३ वटाको मात्र बढेको छ ।

शेयर मूल्य बढ्नेमा अधिकांस साना कम्पनीहरु देखिएका छन् । तारा गाँउ रेजन्सी होटलको शेयर मूल्य सबैभन्दा धेरै साढे सात प्रतिशतले उकालो लागेको छ । गुराँस लघुवित्त, कन्काई विकास बैंक, रिलायन्स फाइनान्स, मल्टिपर्रपोज फाइनान्स, सिन्धु विकास तथा कणाली विकास बैंक लगायत २३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । बजेट अगावै बढेको बजारमा अल्पकालिन नाफा बुक गर्नेहरु सक्रिय हुँदा शेयर बिक्रीको चापले बजार ओरालो लागेको हो । जसले गर्दा कारोबारमा आएका सबै समूहका सूचक राताम्मे बनेका छन् । यस दिन सबैभन्दा धेरै एनआइसी एशिया बैंकको ९ करोड रुपैयाँको कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ६ करोड रुपैयाँको कारोबार भएको छ ।

यसदिन पाँचथर पावरको शेयरमूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले घटेको छ । कर्पोरेट डेभलपमेन्ट, वल्र्ड मर्चेन्ट, माउन्ट हाइड्रो तथा स्पर्श लघुवित्त लगायतको शेयर मूल्य घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।