logo

नेप्से परिसूचक ११.०२ अंकले बढ्यो

    1328   पटक पढिएको

१७ असार / अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसूचक ११.०२ अंकले बढेर १२५३.०६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ४३ अंकले बढेर २ सय ६९ दशलमव ९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता शेयर खरिदबिक्री भई ४२ करोड ९४ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । यस दिन सबैभन्दा बढी कारोबार मेगा बैंकको भएको छ । जसको मर्जमा जाने हल्लाले कारोबार अत्याधिक भएको छ । जसको कारोबार आज ४ करोड ९५ लाख रुपैयाँ बराबरको भएको छ । बजार मूल्य भने २०७ रुपैयाँ रहेको छ । 

यस दिन सर्वाधिक कमाउनेमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ४९ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ८८ प्रतिशतले घटेको छ । यस दिन १२ वटा उपपरिसुचकहरुमा ९ वटा समूह बढेको छ भने ३ वटा समूह घटेका छन् ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।