logo

धितोपत्र बोर्डको निर्देशनको प्रभाब बुधबारको शेयर बजारमा, ३४ करोड रूपैयाँको कारोबार

    1629   पटक पढिएको

२५ पुस /अर्थ र व्यापार  - धितोपत्र बोर्डको निर्देशनको प्रभाब बुधबारको शेयर बजारमा देखिएको छ । मंगलबार बोर्डले कमजोर÷खराब रेटिङ्ग पाएका कम्पनीहरूले आइपिओ निष्काशन गर्ने नपाउने व्यवस्था लागु गरेपछि शेयर बजारले लय समातेको हो । रेटिङ संस्थाबाट न्यून ग्रेड वा कमजोर रेटिङ पाएको कम्पनीले सार्वसाधारण शेयर निष्काशन गर्न नपाउने भएपछि लगानीकर्ताहरू आस्वश्त भएका हुन् ।

बुधबार २.२९ अंकले बढेको बजारमा मंगलबारको तुलनामा कारोबार रकम भने स्थिर देखिएको छ । मंगलबार ३४ करोड रूपैयाँको कारोबार भएको बजारमा आज बुधबार पनि ३४ करोड भन्दा बढीको काराबोर भएको छ ।बुधबार नेप्से २.२९ अंकले बढेर ११७९.३६ बिन्दुमा पुगेको छ । १६६ कम्पनीका १५ लाख १३ हजार ९२१ कित्ता शेयर किनबेच भएर ३४ करोड ७८ लाख रूपैयाँ बराबरको कारोबार भयो । यस दिन ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स पनि ०.४२ अंकले बढेर २५०.२६ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १० उपसूचक मध्ये फाइनान्स र अन्य सहुमको सुचक ऋणत्मक देखिएको छ । बाँकी ८ सुचक सकारात्मक देखिएका छन् । बुधबार सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सुचक १२.५७ अंकले बढेको छ । यस्तै जीवन बीमा ९.७३, विकास बैंक ८.३२, निर्जीवन बीमा ६.३, होटल्स ५.४८, बाणिज्य बैंक २.४३, माइक्रोफाइनान्स २.४३ र हाइड्रोपावर ०.६८ अंकले सुधार भएका छन् ।

यस्तै सबै भन्दा धेरै अन्य समुहको सुचक १.११ अंकले घटेको छ । यस्तै फाइनान्स समुहको सुचक पनि ००३ अंकले ऋणत्मक भयो । बुधबार छिमेल लघुवित्तको संस्थापक शेयर सबै भन्दा धरै रकमको कारोबार भएको छ । लघुवित्तको ५ करोड ८६ लाख ?पैयाँ बराबरको कारोबार भएको हो । यस्तै नेपाल बैंकको ४ लकरोड ८८ लाख, एनआइसी एशिया बैंकको १ करोड ६३ लाख, प्रभु बैंकको १ करोड ४१ लाख नेपाल लाइफको १ करोड ३२ लाख, बैंक अफ काठमाडूको १ करोड २७ लाख, एनसीसी बैंकको १ करोड ८ लाख र प्राइम कर्म्र्शियल बैंको संस्थापक शेयर १ करोड १ लाख ?पैयाँ बराबरको कारोबार भएका छन् बाँकी कुनै पनि कम्पनीको कारोबार रकम भने करोड नाघ्न सकेन ।

यस दिन सबै भन्दा धेरै भार्गव विकास बैंकको शेयर मूल्य ५.९७ प्रतिशतले बढेको छ । यस्तै हिमालयन पावर पार्टनरको शेयरधनीहरूले ४.९५ प्रशितले कमाएका छन् । हिमालयन डिष्टिलरी र ङादी ग्रुपको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेका छन् । यसैगरी, मितेरी विकास बेंक, पान्चकन्य माई, कालिका लघुवित्त, दिब्यश्वरी हाइड्रोपावर, एनएमबी माइक्रोफाइनान्सका शेयरधनीह?ले २ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

यता हाथवे फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ३.२ प्रतिशतले घटेको छ । यस्तै सानिमा इक्युटीको इकाई मूल्य, आसिएफसी फाइनान्स, सप्तकोशी विकास बैंक, किसान माइक्रोफाइनान्स, नागबेली लघुवित्तको शेयरधनीहरूले २ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।