logo

साताको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य सुधार

    1253   पटक पढिएको

१७ माघ /अर्थ र व्यापार - साताको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । यस दिन नेप्स परिसूचक १.०१ अंकले बढेर ११६१. ६३ विन्दुमा पुगेको छ । विहिबार कारोबारमा आएका १६८ कम्पनीको ९ लाख ७ हजार ३१४ कित्ता शेयर २७ करोड ३३ लाख रुपैयाँमा खरिद बिक्री भयो । यो बुधबारको तुलनामा ८ करोड १२ लाख रुपैयाँले धेरै हो । बुधबार १९ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका ११ उपसूचकहरुको रङ्ग मिश्रित देखिएका छन् । जहाँ ६ वटा उपसमूहको सूचक सकारात्मक छन् भने ५ वटा उपसमूहको सूचक ऋणात्मक देखिएका छन । बैंकिङ्ग, होटल्स, विकास बैंक, उत्पादन तथा प्रशोधन अन्य र लघुवित्त उपसमूहको सूचक सकारात्मक भएको छ भने व्यपार, जदविद्युत, वित्त, र्निजीवन बीमा र जीवन बीमा उपसकूहको सूचक ऋणात्मक भएको छ ।

यस दिन उत्पादन तथा प्रशोधन समूहको सूचक सबै भन्दा धेरै १८.०२ अंकले बढोत्तरी भएको छ । विकास बैंक ५.२७, अन्य १.२५, बैंकिङ्ग १.१३, होटलस १.९ र लघुवित्त समूहको सूचक ०.५ अंकले बढयो । यता जीवन बीमा समूहको सूचक सबै भन्दा धेरै ११.१२ अंकले नकारात्मक भयो । र्निजीवन बीमा ११.११, जलविद्युत ०.६९, वित्त ०.३९ र व्यपार समूहको सूचक ०.५९ अंकले ओरालो लागेको छ ।

बिहिबार नागरिक लगानी कोषको शेयर सबै भन्दा धेरै रकमको शेयर कारोबार भएको छ । कोषको तीन करोड ९६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो भने सबै भन्दा धेरै सिटिजनस् बैंकको ८३ करोड ९२१ कित्ता शेयर कारोबार भएको छ । यस दिन सबै भन्दा धेरै चौतारी लघुवित्तको शेयर मूल्य ८.४० प्रतिशतले बढोत्तरी भयो । पुर्णीमा विकास बैंक ७.२४, सामुदायिक लघुवित्त ६.९३, उन्नती माइक्रोफाईनान्स, सर्पोट माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्सको शेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यता सिटी फाईनान्सको शेयर मूल्य सबै भन्दा धेरै ९.७ प्रतिशतले संकुचित भयो । सानिमा इक्यिटि फण्ड र मिर्मिरे लघुवित्तको शेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।