logo

शेयर लगानीकर्ता दबाब समुहद्वारा नेप्से परिसरमा कालो बेलुन उडाएर रिले अनशन सुरु

    1640   पटक पढिएको

११ चैत्र /अर्थ र व्यापार - शेयर लगानीकर्ता दबाब समुहले सोमबार नेप्से परिसरमा कालो बेलुन उडाएर अनिश्चितकालिन रिले अनशन सुरु गरेका छन् । पूँजी बजार सुधार र विस्तारका लागि आफुहरुले राखेको ३२ बुँदे माग सुनुवाई नभएको भन्दै उनीहरुले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत अनशन सुरु गरेको बताएका छन् । 

पूँजी बजारको समस्या अध्ययन कार्यदलले बुझाएको ५८ बुँदा मध्ये धेरै बुँदा कार्यान्वयन नभएको तथा आफ्नो समूहले उठान गरेका ३२ बुँदे मागको कार्यान्वयनमा नियामक निकाय गैह्र जिम्मेवार बनेकाले आन्दोलन गर्नु परेको समूहले जनाएको छ । चैत १० गते धितोपत्र बोर्डको कार्यालयमा दबाब समूहले गरेको तालाबन्दी करिब ३ घण्टा पछि सुरक्षाकर्मीले बल प्रयोग गरेर खुलाएको थियो । समूहले धितोपत्र बोर्डको कार्यक्रममा भएको प्रहरी हस्तक्षेपको पनि भर्त्सना गरेको छ ।

नेपाल स्टस्क एक्चेन्जमा सेवाग्रही र सञ्चारकर्मीलाई भित्र छिर्न रोक लगाएको छ। शेयर लगानीकर्ता दबाब समुहले नेप्से परिसरमा धर्ना दिने भएपछि त्यस क्षेत्रमा परिचालित सुरक्षाकर्मीले सेवाग्रही तथा सञ्चारकर्मीलाई कार्यालय प्रवेशमा रोक लगाएको हो । नेप्से परिसरमा दवाब समुहले धर्ना दिने कार्यक्रम सर्वजानिक भएपछि प्रहरी निरिक्षकको कमाण्डमा नेपाल प्रहरी नेप्से हातामा परिचालन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।