 
                                                                   ११ चैत्र /अर्थ र व्यापार - शेयर लगानीकर्ता दबाब समुहले सोमबार नेप्से परिसरमा कालो बेलुन उडाएर अनिश्चितकालिन रिले अनशन सुरु गरेका छन् । पूँजी बजार सुधार र विस्तारका लागि आफुहरुले राखेको ३२ बुँदे माग सुनुवाई नभएको भन्दै उनीहरुले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत अनशन सुरु गरेको बताएका छन् ।
पूँजी बजारको समस्या अध्ययन कार्यदलले बुझाएको ५८ बुँदा मध्ये धेरै बुँदा कार्यान्वयन नभएको तथा आफ्नो समूहले उठान गरेका ३२ बुँदे मागको कार्यान्वयनमा नियामक निकाय गैह्र जिम्मेवार बनेकाले आन्दोलन गर्नु परेको समूहले जनाएको छ । चैत १० गते धितोपत्र बोर्डको कार्यालयमा दबाब समूहले गरेको तालाबन्दी करिब ३ घण्टा पछि सुरक्षाकर्मीले बल प्रयोग गरेर खुलाएको थियो । समूहले धितोपत्र बोर्डको कार्यक्रममा भएको प्रहरी हस्तक्षेपको पनि भर्त्सना गरेको छ ।
नेपाल स्टस्क एक्चेन्जमा सेवाग्रही र सञ्चारकर्मीलाई भित्र छिर्न रोक लगाएको छ। शेयर लगानीकर्ता दबाब समुहले नेप्से परिसरमा धर्ना दिने भएपछि त्यस क्षेत्रमा परिचालित सुरक्षाकर्मीले सेवाग्रही तथा सञ्चारकर्मीलाई कार्यालय प्रवेशमा रोक लगाएको हो । नेप्से परिसरमा दवाब समुहले धर्ना दिने कार्यक्रम सर्वजानिक भएपछि प्रहरी निरिक्षकको कमाण्डमा नेपाल प्रहरी नेप्से हातामा परिचालन भएको छ ।
तपाईको प्रतिक्रिया