logo

अध्ययन समितिमा आफ्नो प्रतिनिधित्वका विषयलाई लिएर सेयर लगानीकर्ताबीच फूट

    1437   पटक पढिएको

२४ मंसिर अर्थ र व्यापार  - निरन्तर बजार घटेपछि एकजुट भएका लगानीकर्ताको समूहमा फूट आएको छ । सरकारले पूँजी बजार र मुद्रा बजारको सुधारका लागि गठन गरेको अध्ययन समितिमा आफ्नो प्रतिनिधित्वका विषयलाई लिएर लगानीकर्ताबीच फूट आएको हो ।
अध्ययन समितिमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेललाई मात्रै प्रतिनिधित्व गरिएको छ । यो प्रतिनिधित्वसँगै पूँजी बजार लगानीकर्ता संघले खुलेरै सरकारी समितिको विरोध गरेको छ ।
संघका अध्यक्ष उत्तम अर्यालले भित्री कोठामा हुने छलफल मान्य नहुने भन्दै खुल्ला ठाउँमा छलफल र बहस गर्नुपर्ने बताएका छन् । नेप्सेमा धर्ना दिइरहेका लगानीकर्ताले सरकारी अध्ययन समितिसँग छलफलमा गएका सङ्गठित लगानीकर्ताका प्रतिनिधिहरू बिचौलिया भन्दै उनीहरू आफ्ना प्रतिनिधि नभएकोले उनीहरूसँग भएको वार्ता मान्य नहुने बताएका छन् ।
अनशनकै बिचमा केही बिचौलियाहरुले हामी लगानीकर्ताहरुको तर्फबाट भन्दै कथित अध्ययन समितिमा  आफ्नो स्वार्थ केन्द्रित कुराहरू राखेर घात गरेका छन् । उनीहरु तत्काल फिर्ता आउन चेतावनी दिन्छौं, विज्ञप्तिमा भनिएको छ ।
यो अध्ययन समिति बन्नुअघि नेपाल इन्भेष्टर फोरम, पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजी बजार संघ एकै ठाउँमा थिए । उनीहरु संयुक्त रुपमा पुगेर नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन कारोबारले शेयर बजार थप संकटमा परेको भन्दै प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको समेत राजीनामा माग गरे ।

धर्ना दिन पुगेका लगानीकर्तालाई सिइओ साउदले थामथुम पारेर अनलाइन कारोबारलाई लगानीकर्तामैत्री बनाउने लगायतका आश्वासन दिएर पठाए । यो आश्वासन पाएर सँगै फर्किएका लगानीकर्ता संघ भित्रबाटै केहीले छुट्टै दबाब समूह बनाए । त्यही दबाब समूहले आइतबारदेखि नेप्से कार्यालय अगाडि अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गर्दै रिले अनसनमा बसेका छन् । आफ्नो माग पूरा नभए पुस १ गतेदेखि आमरण अनसनमा बस्ने चेतावनी समेत दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।