logo

अध्ययन समितिमा आफ्नो प्रतिनिधित्वका विषयलाई लिएर सेयर लगानीकर्ताबीच फूट

    1178   पटक पढिएको

२४ मंसिर अर्थ र व्यापार  - निरन्तर बजार घटेपछि एकजुट भएका लगानीकर्ताको समूहमा फूट आएको छ । सरकारले पूँजी बजार र मुद्रा बजारको सुधारका लागि गठन गरेको अध्ययन समितिमा आफ्नो प्रतिनिधित्वका विषयलाई लिएर लगानीकर्ताबीच फूट आएको हो ।
अध्ययन समितिमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेललाई मात्रै प्रतिनिधित्व गरिएको छ । यो प्रतिनिधित्वसँगै पूँजी बजार लगानीकर्ता संघले खुलेरै सरकारी समितिको विरोध गरेको छ ।
संघका अध्यक्ष उत्तम अर्यालले भित्री कोठामा हुने छलफल मान्य नहुने भन्दै खुल्ला ठाउँमा छलफल र बहस गर्नुपर्ने बताएका छन् । नेप्सेमा धर्ना दिइरहेका लगानीकर्ताले सरकारी अध्ययन समितिसँग छलफलमा गएका सङ्गठित लगानीकर्ताका प्रतिनिधिहरू बिचौलिया भन्दै उनीहरू आफ्ना प्रतिनिधि नभएकोले उनीहरूसँग भएको वार्ता मान्य नहुने बताएका छन् ।
अनशनकै बिचमा केही बिचौलियाहरुले हामी लगानीकर्ताहरुको तर्फबाट भन्दै कथित अध्ययन समितिमा  आफ्नो स्वार्थ केन्द्रित कुराहरू राखेर घात गरेका छन् । उनीहरु तत्काल फिर्ता आउन चेतावनी दिन्छौं, विज्ञप्तिमा भनिएको छ ।
यो अध्ययन समिति बन्नुअघि नेपाल इन्भेष्टर फोरम, पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजी बजार संघ एकै ठाउँमा थिए । उनीहरु संयुक्त रुपमा पुगेर नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन कारोबारले शेयर बजार थप संकटमा परेको भन्दै प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको समेत राजीनामा माग गरे ।

धर्ना दिन पुगेका लगानीकर्तालाई सिइओ साउदले थामथुम पारेर अनलाइन कारोबारलाई लगानीकर्तामैत्री बनाउने लगायतका आश्वासन दिएर पठाए । यो आश्वासन पाएर सँगै फर्किएका लगानीकर्ता संघ भित्रबाटै केहीले छुट्टै दबाब समूह बनाए । त्यही दबाब समूहले आइतबारदेखि नेप्से कार्यालय अगाडि अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गर्दै रिले अनसनमा बसेका छन् । आफ्नो माग पूरा नभए पुस १ गतेदेखि आमरण अनसनमा बस्ने चेतावनी समेत दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।