logo

साताको पहिलो दिन नेप्से सुचक ८.५७ अंकले घट्यो, कारोबार रकम भने १४ करोड २४ लाख रुपैयाँले बढ्यो

    1514   पटक पढिएको

२० माघ /अर्थ र व्यापार  - साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ८.५७ अंकले घटेको छ । कारोबारमा आएका ११ उप सूचकमध्ये ब्यापार बाहेक बाँकी सबै १० वटै उपसूचक ऋणात्मक बन्दा नेप्से झण्डै दोहोरो अंकले घटेर ११५३.०६ अंकमा झरेको छ । कारोबार सुरु भएदेखि नै ओरालो यात्रा समातेको आइतबारको नेप्से सूचक निरन्तर आरोलो लागेर बन्द भएको हो । कारोबारमा आएका उप सूचकमध्ये व्यापार २.८७ अंकले सकारात्मक बनेको छ भने निर्जीबन र जीबन दुबै बीमाका सूचक धेरै अंकले घटेका छन् ।

आइतबार १५ लाख २७ हजार ७०६ कित्ता शेयर ४१ करोड ५७ लाख ७३ हजार रुपैयाँमा खरिद बिक्री भएका छन् । गत बिहीबारको तुलनामा कारोबार रकम भने १४ करोड २४ लाख रुपैयाँले बढेको हो । बिहीबार १६८ कम्पनीका ९ लाख ७ हजार कित्ता शेयर २७ करोड ३३ लाख रुपैयाँमा खरिद बिक्री भएको थियो ।

घट्दो बजारमा माछापुच्छ्रै बैंकको संस्थापक उच्च कारोबार भएको छ । बैंकको पाँच लाख २२ हजार ५५ कित्ता शेयर ११३ रुपैयाँका दरले खरिद बिक्री हुँदा ५ करोड ९३ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस्तै दोस्रो ठूलो कारोबार नेपाल टेलिकमको भएको छ । टेलिकमको ३ करोड ५५ लाख बराबरको कारोबार भयो । अपर तामाकोशी हाइड्रोपावरको २ करोड ५० लाख, नबिल बैंक संस्थापक दुई करोड ४६ लाख, छिमेक लघुवित्त एक करोड ४७ लाख, नेपाल बैंक एक करोड ३९ लाख, एनएबि बैंक एक करोड ३४ लाख, नागरिक लगानी कोष एक करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंक एक करोड १३ लाख र प्रभु बैंकको ९२ लाख ८० हजारको शेयर खरिद बिक्री भएको छ ।

घट्दो बजारमा पनि यसदिन १६९ कम्पनीको शेयर कारोबारमा आएकोमा २७ कम्पनीका शेयरधनीले भने आइतबारको बजारबाट कमाएका छन् । गत आवको पुस मसान्तको तुलनामा करिब दोब्बर नाफा कमाएको विजय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.८३ प्रतिशतले बढेर प्रतिकित्ता ७०५ रुपैयाँ पुगेको छ । जनउत्थान सामुदायिक लघुवित्त, सूर्योदय, कालिका लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, विशाल बजार कम्पनी, तिनाउ विकास बैंकको शेयरमूल्य करिब २ प्रतिशतले बढेको छ । पञ्चकन्या माई हाइड्रोपावर, हाथवे र जेविल्स् फाइनान्सको शेयरमूल्य पनि १.५० प्रतिशत माथि उक्लेको छ ।उता सानिमा इक्वीटी फण्डका इकाइधनीले आइतबारको बजारमा सबैभन्दा धेरै गुमाएका छन् । फण्डको ३.७९ प्रतिशतले घटेर ८ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

आरम्भ माइक्रोफाइनान्सको शेयरधनीले पनि ३ प्रतिशतले गुमाएका छन्। अरुण भ्याली हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, अरुण काबेली, हिमालयन पावर पार्टनर, स्वदेशी लघुवित्त, नेपाल टेलिकम, रैराङ्ग हाइड्रोपावर, र मिसन डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि दुई प्रतिशत बढीले घटेको छ । 

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।