logo

शेयर बजारमा सामान्य सुधार, नेप्से परिसूचक २.९७ अंकले बढ्यो

    1326   पटक पढिएको

१५ फागुन /अर्थ र व्यापार - आज नेप्से परिसूचक २.९७ अंकले बढेर ११०५.३ बिन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका १६८ कम्पनीका ८ लाख ९ हजार ४६३ कित्ता शेयर २१ करोड ९९ लाख रुपैयाँमा खरिद बिक्री भयो । मंगलबार १६५ कम्पनीको ६ लाख ५३ हजार २८ कित्ता शेयर १६ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यस दिन कारोबारमा आएका १० वटा उपसूचहकहरु मध्ये ६ वटा समूहको सूचक सकारात्मक भएका छन् भने ४ वटा समूहको सूचक ऋणात्मक भएका छन् । जीवनबीमा समूहको सूचक सबै भन्दा धेरै अर्थात २०.५२ अकले सुधार भएको छ । र्निजीवन बीमा १७.०३, होटल ७.०६, अन्य ५, बैंकिङ्ग २.८९ र जलविद्युत समुहको सूचक २.०६ अंकले बढेका छन् ।

यता उत्पादन तथा प्रशोधन समूहको सूचक सबै भन्दा धेरै अर्थात ६.७४ अंकले घटेको छ । वित्त ३.०८, लघुवित्त २.३७ र विकास बैंक समूहको १.७९ अंकले संकुचित भएका छन् । बुधबार नेपाल बैंकको शेयर कारेबार सबै भन्दा धेरै भएको छ । बैंकको ५७ हजार ८४५ कित्ता शेयर एक करोड ६४ लाख रुपैयाँमा किनबेच भयो । साथै शिखर इन्स्योरेन्स र एनएमबि बैंकको शेयर कारोबार एक करोड रुपैयाँ भन्दा धेरैको भएको छ ।

बुधबार भार्गव विकास बैंकको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ८.७३ प्रतिशतले बढोत्तरी भएको छ । तिनाउ डेभलपमेन्ट बैंकको ५.४१ प्रतिशत, सिन्धु विकास बैंकको ४.५५ प्रतिशतले बढेको छ । त्यसैगरी पुणिमा विकास बैंक, आँखुखोला जलविद्युत कम्पनी, ङादी ग्रुप पावर र रैराङ हाइड्रोपावरको शेयर मूल्य तीन प्रतिशत भन्दा धेरैले बढेको छ ।
उता मञ्जुश्री माईनान्स, कन्काई विकास, स्वबालम्बन लघुवित्त र सिटिजन्स म्युचुअल फण्ड–१को शेयर मूल्य तीन प्रतिशत भन्दा धेरै प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।