logo

शेयर बजारमा सामान्य सुधार, नेप्से परिसूचक २.९७ अंकले बढ्यो

    1592   पटक पढिएको

१५ फागुन /अर्थ र व्यापार - आज नेप्से परिसूचक २.९७ अंकले बढेर ११०५.३ बिन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका १६८ कम्पनीका ८ लाख ९ हजार ४६३ कित्ता शेयर २१ करोड ९९ लाख रुपैयाँमा खरिद बिक्री भयो । मंगलबार १६५ कम्पनीको ६ लाख ५३ हजार २८ कित्ता शेयर १६ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यस दिन कारोबारमा आएका १० वटा उपसूचहकहरु मध्ये ६ वटा समूहको सूचक सकारात्मक भएका छन् भने ४ वटा समूहको सूचक ऋणात्मक भएका छन् । जीवनबीमा समूहको सूचक सबै भन्दा धेरै अर्थात २०.५२ अकले सुधार भएको छ । र्निजीवन बीमा १७.०३, होटल ७.०६, अन्य ५, बैंकिङ्ग २.८९ र जलविद्युत समुहको सूचक २.०६ अंकले बढेका छन् ।

यता उत्पादन तथा प्रशोधन समूहको सूचक सबै भन्दा धेरै अर्थात ६.७४ अंकले घटेको छ । वित्त ३.०८, लघुवित्त २.३७ र विकास बैंक समूहको १.७९ अंकले संकुचित भएका छन् । बुधबार नेपाल बैंकको शेयर कारेबार सबै भन्दा धेरै भएको छ । बैंकको ५७ हजार ८४५ कित्ता शेयर एक करोड ६४ लाख रुपैयाँमा किनबेच भयो । साथै शिखर इन्स्योरेन्स र एनएमबि बैंकको शेयर कारोबार एक करोड रुपैयाँ भन्दा धेरैको भएको छ ।

बुधबार भार्गव विकास बैंकको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ८.७३ प्रतिशतले बढोत्तरी भएको छ । तिनाउ डेभलपमेन्ट बैंकको ५.४१ प्रतिशत, सिन्धु विकास बैंकको ४.५५ प्रतिशतले बढेको छ । त्यसैगरी पुणिमा विकास बैंक, आँखुखोला जलविद्युत कम्पनी, ङादी ग्रुप पावर र रैराङ हाइड्रोपावरको शेयर मूल्य तीन प्रतिशत भन्दा धेरैले बढेको छ ।
उता मञ्जुश्री माईनान्स, कन्काई विकास, स्वबालम्बन लघुवित्त र सिटिजन्स म्युचुअल फण्ड–१को शेयर मूल्य तीन प्रतिशत भन्दा धेरै प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।