logo

शेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी, नेप्से परिसूचक ७.१७ अंकले घट्यो

    1439   पटक पढिएको

१४ फागुन /अर्थ र व्यापार - मंगलबार नेप्से परिसूचक ७.१७ अंकले घटेर ११०२.५६ बिन्दुमा झरेको छ । यस दिन १६५ कम्पनीको ६ लाख ५३ हजार २८ कित्ता शेयर १६ करोड ५६ लाख रुपैयाँमा खरिद बिक्री भयो । यो सोमबारको तुलनामा थोरै हो । सोमबार १६६ कम्पनीको ७ लाख २० हजार ८४५ कित्ता शेयर २० करोड ३८ लाख रुपैयाँमा खरिद बिक्री भएको थियो ।

मंगलबार कारोबारमा आएका १० उपसमूहका सूचक घटेका छन् । जस मध्ये र्निजीवन बीमा समूहको सूचक सबै भन्दा धेरै अर्थात ४५.०२ अंकले घटेको छ । जीवन बीमा ३१.२४, होटल २६.९४, लघुवित्त १४.३३, अन्य ७.७६, जलविद्युत ६.४७, बैंकिङ्ग ४.६ र वित्त समूहको सूचक २.६६ अंकले घट्यो । यस दिन कारोबार रकमको आधारमा माथिल्लो तामाकोशीको सबै भन्दा धेरै अर्थात ३४ हजार १२२ कित्ता शेयर ७५ लाख ९७ हजार रुपैयाँमा किनबेच भयो । संख्याको आधारमा जनता बैंको संस्थापक शेयर ५५ हजार १५१ कित्ता ५५ लाख ७० हजार रुपैयाँमा खरिद बिक्री भयो । मंगलबार नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ३.३३ प्रतिशतले बढेको छ भने पुर्णिमा विकास बैंकको २.६७ प्रतिशतले बढ्यो ।

उता जोशि हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै अर्थात ७.८ प्रतिशतले घटेको छ । नाडेप लघुवित्त, हिमालयन डिस्टिलरी, स्वदेशि लघुवित्त, एशियन लाईफ इस्योरेन्स, र्मि्मिरे लघुवित्त, समिट माईक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, सर्पोट माइक्रोफाइनान्स र नविल बैंकको शेयर मूल्य तीन प्रतिशत भन्दा धेरैले संकुचन भयो ।

 

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।