logo

शेयर बजारमा हरियाली , २० करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार

    1092   पटक पढिएको

१३ फागुन/ अर्थ र व्यापार  - सोमबार नेप्से ७.४१ अंकले बढेर ११०९.७३ बिन्दुमा पुगेको छ । १६६ कम्पनीको ७ लाख २० हजार ८४५ कित्ता शेयर किनबेच हुँदा २० करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।आज कारोबारमा आएका १० उप सूचक मध्ये वित्त समूहको सूचक मात्र ०.६५ अंकले ऋणात्मक रहेको छ भने अन्य सबै समूहका सूचक उकालो लागेका छन् ।

र्निजीवन बीमा समूहको सूचक सबैभन्दा धेरै अर्थात ७२.१७ अंकले बढेको छ । जीवन बीमा ६०.०२, उत्पादन तथा प्रशोधन २०.३७, अन्य १०.५८, लघुवित्त १०.५१, जलविद्युत ५.१३, बैंकिङ्ग ४.०७, विकास बैंक २.२७ र होटल समूहको सूचक १.५२ अंकले सकारात्मक भयो । सोमबार कारोबार रकमको आधारमा नबिल बैंकको सबैभन्दा धेरै ३१ हजार ६२२ कित्ता शेयर दुई करोड ५० लाख रुपैयाँमा किनबेच भयो भने शेयर संख्याको आधारमा माथिल्लो तामाकोशीको सबै भन्दा धेरै अर्थात ३५ हजार ५०८ कित्ता शेयर ७८ लाख ८६ हजार रुपैयँमा खरिदबिक्री भएको छ ।

यस दिन आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्य सबै भन्दा धैरै अर्थात ६.४९ प्रतिशतले बढेको छ । प्रुडेन्सियलको ५.८६ प्रतिशत, निको इन्स्योरेन्सको ४.८० प्रतिशतले शेयर मूल्य बढयो । यता सहयोगी विकास बैंकको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ८.८६ प्रतिशतले घेटको छ भने ग्लोबल आइएमई समुन्नत स्किम–१ को शेयर मूल्य ५.६२ प्रतिशतले ओरालो लागेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।