logo

घट्दो ट्रेन्डमा रहेको शेयर बजार ३ अंक झरेर बन्द

    1150   पटक पढिएको

२४ मंसिर अर्थ र व्यापार  - लगालग दुई दिन बढेको शेयर बजारमा मंगलबार ब्रेक लागेको छ । सुरुदेखि नै घट्दो ट्रेन्डमा रहेको बजार ३ अंक झरेर बन्द भएको छ । दिनभरीमा ३८ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । फाइनान्स, उत्पदानमूलक र अन्यसूचक बढेका छन् । बाँकी सबै सूचक रातो हुँदा समग्र बजार ओरालो लागेको हो ।

दिनभरीमा सबैभन्दा बढि नेपाल बैंकको शेयर किनबेच भएको छ । बैंकको १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको  २ करोड ८५ लाख र एनएमबी बैंकको २ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । गुहेश्वरी मर्चेन्टका लगानीकर्ताले साढे ८ प्रतिशतले सम्पति बृद्धि गरेका छन् भने प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य पनि करिव ६ प्रतिशतले बढेको छ । मञ्जुश्री फाइनान्स सात प्रतिशतले घटेको छनेपाल सेवा लघुवित्तको शेयर मूल्य पनि साढे पाँच प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।