logo

सेयर कारोबार आइतबारबाट सुचारु हुने

    2126   पटक पढिएको

१६ असार / अर्थ र व्यापार – भ्याटको विषयमा उठेको विवाद छलफलबाट टुंग्याउदै गर्ने र आइतवारबाट भने सेयर कारोबार सुचारु गर्ने सहमती ब्रोकरहरुले गरेकोे छ ।
अर्थमन्त्रालयले कारोबार सुचार गर्दै गर्न र विवादको विषय छलफलबाट टुंग्याउन भनेपछि नेप्सेले ब्रोकरहरुलाई त्यही जानकारी गराएर कारोबार खोल्न लगाएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको नयाँ कार्यालयबाट काम सुरु भएको औपचारिक उद्घाटनको कार्यक्रममा यस्तो जानकारी आएको हो ।
शुक्रवार बिहान नेप्सेमा ब्रोकरहरुसँग यसै विषयमा छलफल भएको थियो । उनले कहिलेबाट भ्याट लगाउन सुरु गर्ने भन्ने विषय भने अर्थमन्त्रालय लगायतसँगको छलफलबाट टुंगो लगाइने भएको छ ।
आइतवारको कारोबारमा नै भ्याट लगाएर गर्ने नगने भन्न सक्ने विषय होइन, अहिले कारोबार सुचारु गराउनु भनेर अर्थमन्त्रालयबाट आएकोले हालकै आधारमा कारोबार गर्ने भन्ने बुझाइ हो, कुन मितिबाट लगाउने भन्ने त छलफलबाट नै टुंगो लाग्छ ।
बिहीवार आन्तरिक राजस्व कार्यालयले दुईवटा ब्रोकर इन्भेष्टमेन्ट म्यानेजमेन्ट र सुन्धारा सेक्युरिटिजलाई २०६९र७० देखिको भ्याट तिर्न पत्राचार गरेपछि ब्रोकरहरुले कारोबार नै रोकेका थिए ।
नेप्सेले भने आफुले कारोबार खुला गरेपनि ब्रोकरहरुले आदेश प्रविष्टि नगरेकोले कारोबार हुन नसकेको तर नेप्सेले नै कारोबार रोकेको भनेर प्रसार गरिएको भन्दै गुनासो गरेको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।