logo

शेयरमा बजारमा तिब्र उतारचढाव, ४५ करोड ५२ लाख रुपैयाँको कारोबार 

    1656   पटक पढिएको

३१ साउन/अर्थ र व्यापार– साताको अन्तिम दिन विहिवार शेयर बजारमा तिव्र उतारचढावका बजार बीच झिनो अंकले बढेर बन्द भएको छ । 

कारोबार सुरु भएको १० मिनेटमा ८ अंकभन्दा धेरैको सुधार देखिएको बजार तिब्र उत्तरचढावका अन्तिम समयमा एक अंकभन्दा कमको बृद्धि संगे बजार बन्द भएको छ । 

गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख्य सुधार गरेका नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक तथा एनएमबी बैंकको कारोबार रकम बढेको छ । आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ८९ लाख रुपैयाँको भएको छ । 

गएका दिनमा २० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने बजारमा बिहीबार ४५ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । 
आज वित्तीय विवरण सार्वजनिक गरेको बोटलर्स नेपालको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ । कम्पनी ४३ प्रतिशतले नाफा बढेको छ । साथै कम्पनीको प्रतिशेयर आम्दानी ४८४ रुपैयाँ पुगेको छ । 

ललितपुर फाइनान्सका शेयरधनीले ९.५८ प्रतिशतले गुमाउँदा कारोबारमै सर्किट लागेको छ ।  बैंकिङ र उत्पादन तथा प्रसोधनको उपसूचक बढेको भए पनि बाँकी उपसूचक घटेका छन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।