logo

सेयर बजार ९ अंकले उकालो

    1350   पटक पढिएको


११ माघ / अर्थ र व्यापार -  काठमाडौं । बिहीबारको सेयर बजार ९.८० अंकले उकालो लागेर १४०४.५३ अंकमा पुगेको छ । झण्डै दोहोरो अंकले बढेको बजारमा २८ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा कुल २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । कुल १५९ कम्पनीको कारोबार भएको बिहीबारको बजारमा ६ लाख ६२ हजार कित्ता सेयर किनबेच भएका छन् । सबैभन्दा बढी सानिमामाई हाइड्रोपावरको ४२ हजार ७५३ कित्ता सेयर किनबेच भएका छन् । त्यस्तै, कारोबार रकमका आधारमा पनि सानिमामाई हाइड्रो नै अग्रस्थानमा रहेको छ । बिहीबार यस हाइड्रो एक करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बजारमा १० वटा समूहको कारोबार भएको छ । सो मध्ये विकास बैंक र अन्य समूहको सूचक सामान्य अंकले राताम्मे भएका छन् भने बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८९ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक ३०, होटल २७ र माइक्रोफाइनान्स समूह २२ अंकले उकालो लागेका छन् । त्यसैगरी, सबैभन्दा बढी विशाल बजार कम्पनीको सेयर मूल्य ५.१९ प्रतिशतले बढेको छ भने गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ३.२० प्रतिशतले सेयर मूल्य घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।