logo

शेयर बजार लगानीकर्ता दबाव समूहद्वारा चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम सार्वजनिक

    1588   पटक पढिएको

२८ फागुन /अर्थ र व्यापार  - शेयर लगानीकर्ताहरुको एउटा समूहले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । पुँजी बजार सुधारका लागि आफूले यसअघि उठाएका मागहरु पुरा गर्न सरकार तयार नभएको भन्दै सेयर बजार लगानीकर्ता दबाव समूहले चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । समूहका महासचिव नयन बास्तोलाले अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बखास्तीको माग अघि सारेको बताए ।
यसअघि पनि अथमन्त्री खतिवडाका साथै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की लगायतको राजीनामा समूहले माग गर्दै आमरण अनसन बसेको थियो । आफ्ना माग पूरा नभई आमरण अनसन तोड्न बाध्य भएको समूहले त्यसबेला आफ्ना आंशिक मागहरु पूरा भएको दाबी गर्दै आएको छ । यसपटक भने समूहले गभर्नर, बोर्डका अध्यक्षलगायतको राजीनामा मागलाई भने अघि सारेको छैन ।

चरणबद्ध आन्दोलनको पहिलो दिन चैत ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अर्थमन्त्री खतिवडालाई बर्खास्तीको मागसहित ज्ञापनपत्र बुझाउने महासचिव बास्तोलाले बताए । ९ गतेदेखि शुरु हुने आन्दोलन १६ गतेसम्म निरन्तर चल्नेछ । १६ गते प्रधानमन्त्री तथा अर्थमन्त्रीको सार्वजनिक कार्यक्रमहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रमसमेत रहेको बास्तोलाले बताए ।

आन्दोलनको कार्यतालिका
चैत्र ९ गते अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्ने
चैत्र १० गते, धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ
चैत्र ११ गते नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारीको घर घेराउ
चैत्र १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने
चैत्र १३ गते, नेपाल धितोपत्र बोर्डमा तालाबन्दी गर्ने
चैत्र १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुलाई नेपालको पुँजी बजारबारे अवगत गराउन विवरण पत्र बुझाउने
चैत्र १५ गते लगानी सम्मेलनमा विदेशी पाहुनासँग छलफल गर्ने
चैत्र १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।