logo

शेयर बजार लगानीकर्ता दबाव समूहद्वारा चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम सार्वजनिक

    1439   पटक पढिएको

२८ फागुन /अर्थ र व्यापार  - शेयर लगानीकर्ताहरुको एउटा समूहले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । पुँजी बजार सुधारका लागि आफूले यसअघि उठाएका मागहरु पुरा गर्न सरकार तयार नभएको भन्दै सेयर बजार लगानीकर्ता दबाव समूहले चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । समूहका महासचिव नयन बास्तोलाले अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बखास्तीको माग अघि सारेको बताए ।
यसअघि पनि अथमन्त्री खतिवडाका साथै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की लगायतको राजीनामा समूहले माग गर्दै आमरण अनसन बसेको थियो । आफ्ना माग पूरा नभई आमरण अनसन तोड्न बाध्य भएको समूहले त्यसबेला आफ्ना आंशिक मागहरु पूरा भएको दाबी गर्दै आएको छ । यसपटक भने समूहले गभर्नर, बोर्डका अध्यक्षलगायतको राजीनामा मागलाई भने अघि सारेको छैन ।

चरणबद्ध आन्दोलनको पहिलो दिन चैत ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अर्थमन्त्री खतिवडालाई बर्खास्तीको मागसहित ज्ञापनपत्र बुझाउने महासचिव बास्तोलाले बताए । ९ गतेदेखि शुरु हुने आन्दोलन १६ गतेसम्म निरन्तर चल्नेछ । १६ गते प्रधानमन्त्री तथा अर्थमन्त्रीको सार्वजनिक कार्यक्रमहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रमसमेत रहेको बास्तोलाले बताए ।

आन्दोलनको कार्यतालिका
चैत्र ९ गते अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्ने
चैत्र १० गते, धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ
चैत्र ११ गते नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारीको घर घेराउ
चैत्र १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने
चैत्र १३ गते, नेपाल धितोपत्र बोर्डमा तालाबन्दी गर्ने
चैत्र १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुलाई नेपालको पुँजी बजारबारे अवगत गराउन विवरण पत्र बुझाउने
चैत्र १५ गते लगानी सम्मेलनमा विदेशी पाहुनासँग छलफल गर्ने
चैत्र १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।