logo

नयाँ महिनाको पहिलो दिन शेयर बजार १८.८९ अंकले बढेर बन्द

    1354   पटक पढिएको

१ पुस /अर्थ र व्यापार -   अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको कार्यदलले आन्दोलनकारी शेयर लगानीकर्ताहरुको पनि माग संवोधन गर्ने भएपछि शेयर बजार हरियो भएको छ । नयाँ महिनाको पहिलो दिन बजार १८.८९ अंकले बढेर बन्द भएको छ । निरन्तर घट्दो बजारका संबन्धमा लगानीकर्ताहरुको माग संवोधन हुने भएपछि सूचक उक्लिएको हो । 

गत साता पूँजी बजारको सुधारकालागि अध्ययन समिति बनेसँगै बजारमा सुधार देखिन थालेको हो । अध्ययन समितिले बजारलाई सुधार गर्न ब्याजदर र पूँजी बजारको बिकासका लागि तत्काल सरकारले चाल्नु पर्ने कदमको विषयलाई समेटेर सुझाब दिने छ । यो सुझाबलाई सरकारले कार्यान्वयन गर्ने छ । नागरिक लगानी कोषले स्टक डिलरको काम गर्नेदेखि ब्रोकरमार्फत तत्कालै १० अर्ब रुपैयाँ मार्जिन लेण्डिङ उपलब्ध हुने समाचारहरु सार्बजनिक भइरहेका छन् । 

आइतबार १५९ कम्पनीका १४ लाख कित्ता शेयर किनबेच भएको छ । दिनभरीमा ४७ करोड रुपैयाँको कारोबार भएको छ । गत बिहीबार ३२ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको थियो । सबैभन्दा बढी छिमेक लघुबित्त वित्तीय संस्थाको पाँच करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजार खुलेदेखि नै सुचक हरियो देखिएको थियो । 

११४९ अंकबाट सुरु भएको बजार पौने दुई घण्टामा ११६८ अंकसम्म उक्लिएको थियो । १९ अंक उक्लिएको बजार दुई बजेपछि पछाडि फर्किएको थियो । लगानीकर्ताको खरिद चाप बढ्दा सूचक १८ अंकको वृद्धि कायम गर्दै बन्द भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।