logo

नयाँ महिनाको पहिलो दिन शेयर बजार १८.८९ अंकले बढेर बन्द

    1611   पटक पढिएको

१ पुस /अर्थ र व्यापार -   अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको कार्यदलले आन्दोलनकारी शेयर लगानीकर्ताहरुको पनि माग संवोधन गर्ने भएपछि शेयर बजार हरियो भएको छ । नयाँ महिनाको पहिलो दिन बजार १८.८९ अंकले बढेर बन्द भएको छ । निरन्तर घट्दो बजारका संबन्धमा लगानीकर्ताहरुको माग संवोधन हुने भएपछि सूचक उक्लिएको हो । 

गत साता पूँजी बजारको सुधारकालागि अध्ययन समिति बनेसँगै बजारमा सुधार देखिन थालेको हो । अध्ययन समितिले बजारलाई सुधार गर्न ब्याजदर र पूँजी बजारको बिकासका लागि तत्काल सरकारले चाल्नु पर्ने कदमको विषयलाई समेटेर सुझाब दिने छ । यो सुझाबलाई सरकारले कार्यान्वयन गर्ने छ । नागरिक लगानी कोषले स्टक डिलरको काम गर्नेदेखि ब्रोकरमार्फत तत्कालै १० अर्ब रुपैयाँ मार्जिन लेण्डिङ उपलब्ध हुने समाचारहरु सार्बजनिक भइरहेका छन् । 

आइतबार १५९ कम्पनीका १४ लाख कित्ता शेयर किनबेच भएको छ । दिनभरीमा ४७ करोड रुपैयाँको कारोबार भएको छ । गत बिहीबार ३२ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको थियो । सबैभन्दा बढी छिमेक लघुबित्त वित्तीय संस्थाको पाँच करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजार खुलेदेखि नै सुचक हरियो देखिएको थियो । 

११४९ अंकबाट सुरु भएको बजार पौने दुई घण्टामा ११६८ अंकसम्म उक्लिएको थियो । १९ अंक उक्लिएको बजार दुई बजेपछि पछाडि फर्किएको थियो । लगानीकर्ताको खरिद चाप बढ्दा सूचक १८ अंकको वृद्धि कायम गर्दै बन्द भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।