logo

नेप्से दोहोरो अंकले बढ्यो, ५४ करोड ३९ लाख रुपैयाँको कारोबार

    1273   पटक पढिएको

२४ चैत्र /अर्थ र व्यापार - साताको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार १७.१६ अंकको बढोत्तरीमा बन्द भई ११८२.३६ बिन्दुमा उक्लिएको छ । बजार तिब्र गतिमा उकालो लाग्दा वाणिज्य बैंक समुहले धेरै टेवा दिएको छ ।१६८ कम्पनीका १८ लाख ८७ हजार ३७३ कित्ता शेयर ५४ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको बजारमा एनआईसी एशिया बैंकको शेयरमा अधिक कारोबार चाप देखिएको छ । कारोबार आएका १० वटा उपसमुहहरु मिश्रीत देखिएका छन् । पाँच वटा उपसमुह उकालो लाग्दा ५ वटा उपसमुहमा गिरावट आएको छ। यस क्रममा बैकिङ्ग समुहको सुचक सबैभन्दा धेरै अर्थात २८.१९ अंकले बढेको छ। यस्तै विकास बैंक १४.९९, होटल १३, फाइनान्स १.७८ र जीवन बीमा ०.१२ अंकले उकालो लागेका छन् ।

यता निर्जीवन बीमा समुहको सुचक सबैभन्दा धेरै अर्थात १९.२१ अंकले घटेको छ । यस्तै उत्पादन तथा प्रशोधन ५.८२, हाइड्रोपावर २.७५ र माइक्रोफाइनान्स ०.९५ अंकले घटेका छन् । केही दिनदेखि तिब्र गतिमा उकालो लागिरहेको एनआईसी एशिया बैंकको शेयर मूल्य आइतबार पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ । ४४० रुपैंयाप्रतिकित्ताको दरमा कारोबार सुरु भएको एनआईसी एशियाको प्रतिकित्ता शेयर मूल्य ४७२ रुपैंयासम्ममा उक्लिएर ४६८ रुपैंयामा बन्द भएको छ । कारोबार रकमका आधारमा पनि एनआईसी एशिया बैंक पहिलो स्थानमा बसेको छ । साढे ६ करोड भन्दा बढीको शेयर कारोबार भएको एनआईसी एशिया कारोबार भएको शेयर संख्याका आधारमा पनि पहिलो स्थानमा बसेको छ । कारोबार संख्याका आधारमा पनि एनआईसी एशिया बैंक पहिलो स्थानमा छ ।

आइतबार कारोबारमा आएका उप सूचकमध्ये बैंकिङ्ग समूहको धेरै रकमको शेयर कारोबार भएको छ । ५४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा बैंकिङ्ग समुहको मात्रै २५ करोड ३५ लाख भन्दा बढीको कारोबार भयो । एनएमबि बैंकको ३ करोड २८ लाख रुपैयाँ बरारबरको शेयर कारोबार भएको बजारमा सानिमा माई हाइड्रोको २ करोड ५५ लाख रुपैंयाभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस पछि प्रभु बैंक, एनसीसी बैंक र प्राईम बैंकको पनि २ करोडभन्दा बढी रकमको शेयर कारोबार भएको छ । नेपाल बैंक, नबिल, बीओके र एभरेष्ट बैंकको पनि डेढ करोड रुपैंयाभन्दा बढीको शेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा शिर्ष १० कम्पनीको सूचीमा सानिमा माई हाइड्रो बाहेक ९ वटा बैंकहरुको अधिक शेयर कारोबार भएको हो ।

आइतबारको बजारमा एनआइसि एशिया बैंकको शेयरमूल्य अधिक बढ्दा युनिभर्सल पावरको शेयरमूल्य अधिक गिरावट सहित ९८ रुपैयाँमा झरेको छ । किसान माइक्रोफाइनान्स, कुमारी बैंक, कन्काई विकास बैंक, भार्गव विकास बैंक लगायत कम्पनीहरुको शेयर मूल्य धेरै बढेको बजारमा बीओके, सनराइज बैंक पनि धेरै शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा परेका छन् । युनिभर्सल पावरको शेयर मूल्य १० प्रतिशतले घटेको बजारमा सिन्धु विकास बैंक, सामुदायिक लघुवित्त, चौतारी लघुवित्त, नेपाल सेवा लघुवित्त लगायत कम्पनीको शेयर मूल्य पनि धेरै घटेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।