logo

नेप्से दोहोरो अंकले बढ्यो, ५४ करोड ३९ लाख रुपैयाँको कारोबार

    1522   पटक पढिएको

२४ चैत्र /अर्थ र व्यापार - साताको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार १७.१६ अंकको बढोत्तरीमा बन्द भई ११८२.३६ बिन्दुमा उक्लिएको छ । बजार तिब्र गतिमा उकालो लाग्दा वाणिज्य बैंक समुहले धेरै टेवा दिएको छ ।१६८ कम्पनीका १८ लाख ८७ हजार ३७३ कित्ता शेयर ५४ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको बजारमा एनआईसी एशिया बैंकको शेयरमा अधिक कारोबार चाप देखिएको छ । कारोबार आएका १० वटा उपसमुहहरु मिश्रीत देखिएका छन् । पाँच वटा उपसमुह उकालो लाग्दा ५ वटा उपसमुहमा गिरावट आएको छ। यस क्रममा बैकिङ्ग समुहको सुचक सबैभन्दा धेरै अर्थात २८.१९ अंकले बढेको छ। यस्तै विकास बैंक १४.९९, होटल १३, फाइनान्स १.७८ र जीवन बीमा ०.१२ अंकले उकालो लागेका छन् ।

यता निर्जीवन बीमा समुहको सुचक सबैभन्दा धेरै अर्थात १९.२१ अंकले घटेको छ । यस्तै उत्पादन तथा प्रशोधन ५.८२, हाइड्रोपावर २.७५ र माइक्रोफाइनान्स ०.९५ अंकले घटेका छन् । केही दिनदेखि तिब्र गतिमा उकालो लागिरहेको एनआईसी एशिया बैंकको शेयर मूल्य आइतबार पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ । ४४० रुपैंयाप्रतिकित्ताको दरमा कारोबार सुरु भएको एनआईसी एशियाको प्रतिकित्ता शेयर मूल्य ४७२ रुपैंयासम्ममा उक्लिएर ४६८ रुपैंयामा बन्द भएको छ । कारोबार रकमका आधारमा पनि एनआईसी एशिया बैंक पहिलो स्थानमा बसेको छ । साढे ६ करोड भन्दा बढीको शेयर कारोबार भएको एनआईसी एशिया कारोबार भएको शेयर संख्याका आधारमा पनि पहिलो स्थानमा बसेको छ । कारोबार संख्याका आधारमा पनि एनआईसी एशिया बैंक पहिलो स्थानमा छ ।

आइतबार कारोबारमा आएका उप सूचकमध्ये बैंकिङ्ग समूहको धेरै रकमको शेयर कारोबार भएको छ । ५४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा बैंकिङ्ग समुहको मात्रै २५ करोड ३५ लाख भन्दा बढीको कारोबार भयो । एनएमबि बैंकको ३ करोड २८ लाख रुपैयाँ बरारबरको शेयर कारोबार भएको बजारमा सानिमा माई हाइड्रोको २ करोड ५५ लाख रुपैंयाभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस पछि प्रभु बैंक, एनसीसी बैंक र प्राईम बैंकको पनि २ करोडभन्दा बढी रकमको शेयर कारोबार भएको छ । नेपाल बैंक, नबिल, बीओके र एभरेष्ट बैंकको पनि डेढ करोड रुपैंयाभन्दा बढीको शेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा शिर्ष १० कम्पनीको सूचीमा सानिमा माई हाइड्रो बाहेक ९ वटा बैंकहरुको अधिक शेयर कारोबार भएको हो ।

आइतबारको बजारमा एनआइसि एशिया बैंकको शेयरमूल्य अधिक बढ्दा युनिभर्सल पावरको शेयरमूल्य अधिक गिरावट सहित ९८ रुपैयाँमा झरेको छ । किसान माइक्रोफाइनान्स, कुमारी बैंक, कन्काई विकास बैंक, भार्गव विकास बैंक लगायत कम्पनीहरुको शेयर मूल्य धेरै बढेको बजारमा बीओके, सनराइज बैंक पनि धेरै शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा परेका छन् । युनिभर्सल पावरको शेयर मूल्य १० प्रतिशतले घटेको बजारमा सिन्धु विकास बैंक, सामुदायिक लघुवित्त, चौतारी लघुवित्त, नेपाल सेवा लघुवित्त लगायत कम्पनीको शेयर मूल्य पनि धेरै घटेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।