logo

शेयर बजारमा दोहोरो अंकको गिरावट

    1178   पटक पढिएको

१७ बैशाख /अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसुचक ११.७० अंकले घटेर १२९८.६० विन्दुमा झरेको छ । यस दिन १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता शेयरहरु ९५ करोड ८६ हजार रुपैयाँमा किनबेच भएका छन् । सोमबार एक अर्ब १९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

मंगलबार करोबारमा आएका ११ उपसमुह मध्ये हाइड्रोपावर र फाइनान्स समुहको सुचक मात्रै सकारात्मक देखिएको छ । हाइड्रोपावरमा लागनीकर्ताहरुको आकर्षण बढ्दा सूचक ४५.४९ अंकले बढेको छ । यस्तै फाइनान्स समुहको सूचकमा पनि १.०३ अंकको सुधार आएको छ ।
यता निर्जीवन बीमा समुहको सूचक सबै भन्दा धेरै २०५.३१ अंकले घटेको छ । जीवन बीमाको पनि २०१.८२ अंकले घटेको छ । यस्तै होटल २४.८८, माइक्रोफाइनान्स १८.०२, वाणिज्य बैंक ९.८२, अन्य ५.३७, व्यापार ४.८२, र विकास बैंकको सूचक २.३७ अंकले ओरालो लागेका छन् ।

मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको अधिक मात्रामा शेयर कारोबार भएको छ । मंगलबार नेपाल लाइफको मात्रै १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । मंगलबार सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने भएपछि इन्स्योरेन्सको शेयर कारोबार बढेको हो । नेपाल बैंकको पनि ९ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै अपर तामाकोशी, कुमारी बैंक, सानिमा माई हाइड्रोपावरको ३ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । छिमेक लघुवित्त, चिलिमे हाइड्रोपावरको पनि २ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

मंगलबार नाफा कमाउने शिर्ष कम्पनीको सूचीमा हाइड्रोपावरको बर्चश्व रहेको छ । शिर्ष १० को सूचीमा ९ हाइड्रो कम्पनीहरु रहेका छन् । यस दिनको बजारबाट सानिमा माई हाइड्रोपावरका शेयरधनीहरुले सबै भन्दा धेरै ९.९६ प्रतिशत कमाएका छन् । अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य पनि ९.७१ प्रतिशतले बढेको छ । यस्तै युनाइटेड मोदी हाइड्रोपावरको ८.१८, रैराङ्ग हाइड्रोपावरको ६.५९, नेशनल हाइड्रोपावरको ५.८०, अरुण काबेली पावरको ५.५२, हिमालयन पावर पार्टनरको ४.९७, पञ्चकन्या माई हाइड्रोपावरको ४.६३ र चिलिमे हाइड्रोपावरको शेयरमूल्य ४.३७ प्रतिशतले सुधार भएको हो ।
यता राष्ट्रिय बीमा कम्पनीको शेयरधनीहरुले सबै भन्दा धेरै ५.९८ प्रतिशतले गुमाएका छन् । एशियन लाइफ र जनउत्थान लघुवित्तको शेयरमूल्य ४ बढीले शेयर मूल्य घढ्दा नेपाल इन्स्योरेन्स, ग्लोवल आईएमई लघुवित्त, किसान माइक्रोफाइनान्स, एनएलजी इन्स्योरेन्स, नागबेली लघुवित्त, स्वरोजगार लघुवित्त र प्राइम लाइफ इन्स्योरेन्सको शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।