logo

साताको अन्तिम दिन नेप्से परिसूचकमा १२.८३ अंकको वृद्धि 

    1423   पटक पढिएको

१२ बैशाख /अर्थ र व्यापार - साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक सूचक १२.८३ अंकले बढेर १२९२.१२ अंकमा पुगेको छ । आज बजारमा एकैदिन एक अर्ब ३५ करोड बढीको शेयर किनबेच भयो । कारोबार रकम बुधबारको तुलनामा ७४ करोड ३४ लाख रुपैयाँले बढी हो । बुधबार ६१ करोड ४१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

बजारमा वाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताको मुख्य आर्कषण रहेपनि विस्तारै अन्य समूहका शेयरको समेत माग बढ्न थालेको छ । जसले गर्दा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । बिहीबार कारोबारमा आएका १० उपसमु सबैको सूचक सकारात्मक बनेका छन् । यसदिन सबै भन्दा धेरै जीवन बीमाको सूचक ८९.९१ अंकले बढेको छ । यस्तै निर्जीवन बीमा ७४.८४, विकास बैंक ४५.२९, उत्पादन तथा प्रशोधन २२.९, होटल २१.५, माइक्रोफाइनान्स १०.३९, वाणिज्य बैंक १०.०९, अन्य ६, हाइड्रोपावर ५.२४ र फाइनान्स ०.८८ अंकले उकालो लागेको हो । यसदिन नेपाल बैंकको सबैभन्दा धेरै १८ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनसिसि बैंकको ७ करोड ३० लाख, प्रभु बैंकको ७ करोड २६ लाख, छिमेक लघुवित्तको ६ करोड ६० लाख, कृषि विकास बैंकको ५ करोड ४३ लाख, एनएमबि बैंकको ५ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी सानिमा बेंकको ४ करोड ६१ लाख, एनआईसि एशिया बैंकको ४ करोड ५१ लाख, जनता बैंकको ३ करोड ९८ लाख र सिद्धार्थ बैंकको ३ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको कारोबारबाट एभरेष्ट्र इन्स्योरेन्सका शेयरधनीहरुले सबैभन्दा धेरै कमाएका छन् । इन्स्योरेन्सका शेयरधनीहरुले ९.८४ प्रतिशतले कमाएका हुन् । यस्तै कृषि विकास बैंकको ९.६० प्रतिशत, मिर्मिरे लघुवित्तको ७.७२, युनाईटड इन्स्योरेन्स ७.५९, राधि विद्युत कम्पनीको ७.१४ प्रतिशतले शेयरमूल्य बढेको छ । नविल इक्वीटि फाण्डको इकाई मूल्य र साइन रेसुङ्गको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले सुधार भएको छ ।

यता तारागाँउ रेजेन्सी होटलको शेयरधनीले सबैभन्दा धेरै ९.३० अंकले गुमाएका छन् । नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य ६.३८ अर गुहेश्वरी मर्चेन्ट बैंकको ३.९० अंकले शेयरमूल्य झरेको छ । यस्तै महिला लघुवित्त, सिटिजन मुचुअल फण्डको इकाई मूल्य, अरुण काबेली पावर, सपोर्ट माइक्रोफाइनान्स, सिनर्जी पावर लगायतको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।