logo

शेयर बजारमा सूचकसँगै कारोबारमा बढोत्तरी, लगानीकर्ता बैंकको शेयरमा आकर्षित

    1443   पटक पढिएको

४ बैशाख /अर्थ र व्यापार - बुधबारको शेयर बजारमा ४.९९ अंकले बढ्दा कारोबार रकममा सुधार भएको छ । यस दिन १७१ कम्पनीका २८ लाख १ हजार ६१३ कित्ता शेयर किनबेच भएर ८२ करोड १६ लाख रुपैयाँ बराबरमा किनबेच भए । नेप्से परिसूचक ४.९९ अंकले बढेर १२१७.०४ विन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १० उपसमुह मिश्रीत देखिएको छ । ४ उपसमूहको सूचकमा सुधार देखिएको छ भने ६ को सुचक नकारात्मक भए । बुधबार जीवन बीमाको सूचक सबैभन्दा धेरै ३८.१९ अंकले बढेको छ । यस्तै वाणिज्य बैंक ८.९३, विकास बैंक ४.०९ र होटल १.६३ अंकले सुधार भएका हुन् । यता माइक्रोफाइनान्सको सुचक सबैभन्दा धेरै १४.०२ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा ९.३८, उत्पादन तथा प्रशोधन ८.४२, हाइड्रोपावर ०.४४, अन्य ०.२७ र फाइनान्स ०.१३ अंकले नकारात्मक बनेका छन् ।

बुधबार पनि वाणिज्य बैंकहरुमा लगानीकर्ताहरुको आर्कषण रोकिएको छैन् । यस दिन मात्रै बैकिङ्ग समुहको ४५ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । त्यसमा पनि एनएमबि बैंकको शेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । एनएमबि बैंकको ७ करोड २६ लाख रुपैयाँको कारोबार भएको हो । बैंकले चालु आर्थिक वर्षमा राम्रो नाफा आर्जन गर्न सक्ने आँकलन गर्दै लगानीकर्ता बैंकको शेयरमा आकर्षित भएका छन् ।

यस्तै एनआईसि एशिया बैंक, नेपाल बैंक, प्रभु बैंक ४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कुमारी माच्छापुछ्रे, सिद्धार्थ, सिभिल, नेपाल इन्भेष्टमेन्ट र एनसिसि बैंकको पनि धेरै रकमको कारोबार भएको छ । बुधबारको कारोबारबाट सिभिल लघुवित्तका शेयरधनीरुले सबै भन्दा धेरै ५.७५ अंकले कमाएका छन् । युनिर्भसल पावरको शेयरमूल्य ५.५६ अंकले बढेको छ ।

यस्तै युनाइटेड फाइनान्स, नविल इक्वीटी फण्डको इकाईमूल्य, चौतारी लघुवित्तको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले सुधार भएको छ । खानीखोला हाइड्रोपावर, कृषि विकास बैंक, सिद्धार्थ बैंक, स्वदेशी लघुवित्त, सिजर्ना फाइनान्सको शेयरधनीले ३ प्रतिशत भन्दा बढीले कमाएका छन् । यता कर्पोरेट डेपलपमेन्ट बैंकको शेयरधनीले सबै भन्दा धेरै ४.०८ प्रतिशतले गुमाएका छन् । यस्तै जनउत्थान सामुदायिक लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, स्वबलम्बन लघुवित्त, रिलायन्स फाइनान्स, आइसिएफसि फाइनान्स, निर्धान उत्थान लघुवित्तको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।