logo

शेयर बजारमा सूचकसँगै कारोबारमा बढोत्तरी, लगानीकर्ता बैंकको शेयरमा आकर्षित

    1198   पटक पढिएको

४ बैशाख /अर्थ र व्यापार - बुधबारको शेयर बजारमा ४.९९ अंकले बढ्दा कारोबार रकममा सुधार भएको छ । यस दिन १७१ कम्पनीका २८ लाख १ हजार ६१३ कित्ता शेयर किनबेच भएर ८२ करोड १६ लाख रुपैयाँ बराबरमा किनबेच भए । नेप्से परिसूचक ४.९९ अंकले बढेर १२१७.०४ विन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १० उपसमुह मिश्रीत देखिएको छ । ४ उपसमूहको सूचकमा सुधार देखिएको छ भने ६ को सुचक नकारात्मक भए । बुधबार जीवन बीमाको सूचक सबैभन्दा धेरै ३८.१९ अंकले बढेको छ । यस्तै वाणिज्य बैंक ८.९३, विकास बैंक ४.०९ र होटल १.६३ अंकले सुधार भएका हुन् । यता माइक्रोफाइनान्सको सुचक सबैभन्दा धेरै १४.०२ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा ९.३८, उत्पादन तथा प्रशोधन ८.४२, हाइड्रोपावर ०.४४, अन्य ०.२७ र फाइनान्स ०.१३ अंकले नकारात्मक बनेका छन् ।

बुधबार पनि वाणिज्य बैंकहरुमा लगानीकर्ताहरुको आर्कषण रोकिएको छैन् । यस दिन मात्रै बैकिङ्ग समुहको ४५ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । त्यसमा पनि एनएमबि बैंकको शेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । एनएमबि बैंकको ७ करोड २६ लाख रुपैयाँको कारोबार भएको हो । बैंकले चालु आर्थिक वर्षमा राम्रो नाफा आर्जन गर्न सक्ने आँकलन गर्दै लगानीकर्ता बैंकको शेयरमा आकर्षित भएका छन् ।

यस्तै एनआईसि एशिया बैंक, नेपाल बैंक, प्रभु बैंक ४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कुमारी माच्छापुछ्रे, सिद्धार्थ, सिभिल, नेपाल इन्भेष्टमेन्ट र एनसिसि बैंकको पनि धेरै रकमको कारोबार भएको छ । बुधबारको कारोबारबाट सिभिल लघुवित्तका शेयरधनीरुले सबै भन्दा धेरै ५.७५ अंकले कमाएका छन् । युनिर्भसल पावरको शेयरमूल्य ५.५६ अंकले बढेको छ ।

यस्तै युनाइटेड फाइनान्स, नविल इक्वीटी फण्डको इकाईमूल्य, चौतारी लघुवित्तको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले सुधार भएको छ । खानीखोला हाइड्रोपावर, कृषि विकास बैंक, सिद्धार्थ बैंक, स्वदेशी लघुवित्त, सिजर्ना फाइनान्सको शेयरधनीले ३ प्रतिशत भन्दा बढीले कमाएका छन् । यता कर्पोरेट डेपलपमेन्ट बैंकको शेयरधनीले सबै भन्दा धेरै ४.०८ प्रतिशतले गुमाएका छन् । यस्तै जनउत्थान सामुदायिक लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, स्वबलम्बन लघुवित्त, रिलायन्स फाइनान्स, आइसिएफसि फाइनान्स, निर्धान उत्थान लघुवित्तको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।