logo

शेयर बजारमा हरियाली, ४१ करोड बढीको शेयर किनबेच

    1071   पटक पढिएको

२७ चैत्र /अर्थ र व्यापार - बुधबार शेयर बजार उकालो लागेको छ । यसदिन नेप्से ३.५२ अंकले बढेर ११८४.६१ अंकमा पुगेको छ । १६९ कम्पनीको शेयर किनबेच भएको बुधबारको बजारमा ४१ करोड बढीको शेयर किनबेच भयो । मंगलबारको तुलनामा बुधबार कारोबार रकम ३२ करोड कम हो । मंगलबार ७३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यसदिन कारोबारमा आएका १० उपसमूह मध्ये जलविद्युत समूहको सूचक ५.४३ अंकले ओरालो लागेको छ भने अरु नौ समूहको सूचक बढेका छन् । जसमा र्निजीवन बीमा समूहको सूचक सबै भन्दा धेरै अर्थात २४.२३ अंकले बढोत्तरी भएको छ । जीवन बीमा १२.५९, अन्य ६.७३, वित्त ३.१७, विकास बैंक ३.१४, बैंकिङ्ग २.९६, लघुवित्त २.३६, र होटल समूहको सूचक ०.२२ अंकले सुधार भयो ।  बुधबार कुमारी बैंकको सबै भन्दा धेरै शेयर कारोबार भएको छ । बैंकको दुई लाख २० हजार ८७४ कित्ता शेयर ५ करोड ७२ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । बैंकले दुई आर्थिक बर्षको साधारणसभा एकसाथ आह्वान गरेपछि शेयर किनबेच बढेको हो ।

त्यसैगरी एनआइसी एशिया बैंक र एनएमबि बैंकको पनि दुई करोड ५० लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भयो । यसदिन नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र रिलायन्स फाईनान्सको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ५ प्रतिशत बढीले उकालो लाग्यो ।
यता उन्नती माइक्रोफाइनन्सको शेयर मूल्यमा सबै भन्दा धेरै अर्थात ५.५ प्रतिशतले गिरावट आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।