logo

नेप्सेमा एकैदिन पाँच कम्पनीको सेयर मूल्य समायोजन

    1577   पटक पढिएको

९ भदौ / अर्थ र व्यापार – नेपाल स्टक एक्स्चेञ्जमा पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन (बिहीबार) किसान माइक्रोफाइनान्स वित्तीय संस्था, सुमीट माइक्रोफाइनान्स र सिन्धु विकास बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ ।

त्यस्तै, नेप्सेले सोही दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीेको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले किसान माइक्रोफाइनान्स वित्तीय संस्थाकोे २४.२२ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २५९६ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १८७७ रुपैयाँ रहने भएको छ ।

त्यस्तै, नेप्सेले सुमीट माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १९०५ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १७१६ रुपैयाँ रहने भएको छ ।

सिन्धु विकास बैंकको पनि ८० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २२२ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य २८८ रुपैयाँ रहने भएको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीे दुबैको १० प्रतिशत बोनस पछिको सेयर मूल्य नेप्से समायोजन गरेको छ । अरुण भ्यालीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २४४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ३१४ रुपैयाँ रहने भएको छ । 

त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०६८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १०४१ रुपैयाँ रहने भएको छ ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।