logo

नेप्सेमा एकैदिन पाँच कम्पनीको सेयर मूल्य समायोजन

    1466   पटक पढिएको

९ भदौ / अर्थ र व्यापार – नेपाल स्टक एक्स्चेञ्जमा पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन (बिहीबार) किसान माइक्रोफाइनान्स वित्तीय संस्था, सुमीट माइक्रोफाइनान्स र सिन्धु विकास बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ ।

त्यस्तै, नेप्सेले सोही दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीेको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले किसान माइक्रोफाइनान्स वित्तीय संस्थाकोे २४.२२ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २५९६ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १८७७ रुपैयाँ रहने भएको छ ।

त्यस्तै, नेप्सेले सुमीट माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १९०५ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १७१६ रुपैयाँ रहने भएको छ ।

सिन्धु विकास बैंकको पनि ८० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २२२ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य २८८ रुपैयाँ रहने भएको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीे दुबैको १० प्रतिशत बोनस पछिको सेयर मूल्य नेप्से समायोजन गरेको छ । अरुण भ्यालीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २४४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ३१४ रुपैयाँ रहने भएको छ । 

त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०६८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १०४१ रुपैयाँ रहने भएको छ ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।