logo

शेयर बजारमा झिनो अंकको सुधार 

    1605   पटक पढिएको

९ माघ/ अर्थ र व्यापार - बुधबारको बजारमा अपर तामाकोशीको शेयरमूल्यमा ६.९२ प्रतिशतले सुधार आएको छ । यस दिन शेयर बजारमा परिसूचक नेप्से पनि ४.१५ अंकले सुधारिएको छ । मंगलबार पाँच दिनपछि झिनो अंकले बढेर थामिएको बजारले बुधबार थप निरन्तरता पाएको हो ।

बजारमा कारोबार रकम भने खस्किदै गएको छ । सोमबार ३६ करोड ७७ लाख रुपैयाँ करोबार भएको बजार मंगलबार २९ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । बुधबार भने २४ करोड ७७ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।
कारोबारमा आएका अधिकांश उपसूचक सकारात्मक बन्दा बुधबार नेप्सेमा ४.१५ अंकले सुधार भइ ११७२.९८ बिन्दुमा पुगेको छ । यस दिन १६३ कम्पनीका १० लाख २ हजार १०७ कित्ता कारोबार भयो । कारोबारमा आएका ११ उपसूचक मध्ये उत्पादन तथा प्रशोधन र जीवन बीमाको सूचक बाहेक सबैमा हरियाली छाएका छन् । उत्पादन तथा प्रशोधन समुहको सूचक सबैभन्दा धेरै ३१.६ अंकले र जीवन बीमाको सूचक २७.३१ अंकले ऋणात्मक भए ।

बुधबार सबैभन्दा धेरै निर्जीवन बीमाको सूचक ५८.०६ अंकले बढेको छ । यस्तै हाइड्रोपावर ३१.४८, माइक्रोफाइनान्स १२.९९, विकास बैंक ६.६८, अन्य ३.३९, व्यापार २.८७, वाणिज्य बैंक १.४९, फाइनान्स ०.७९ र होटल्स् ०.२१ अंकले बढेका छन् ।
बुधबार अपर तामाकोशीको शेयर नै सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। यस्तै माछापुच्छ्रे बैंकको एक करोड ५० लाख रुपैयाँ कारोबार भएको छ । अन्य कुनै कम्पनीको शेयर कारोबार रकम करोड नाघ्न सकेन ।

यस दिन सबैभन्दा धेरै सानिमा इक्युटी फाण्डको इकाई मुल्य ९.८९ प्रतिशतले बढेको छ । यस्तै आँखुखोला जलविद्युतको शेयर मल्य ७.५० प्रतिशतले बढेको छ । आजको कारोबारबाट अपर तामाकोशीका शेयरधनीहरुले ६.९२ प्रतिशत, मिर्मिरे लघुवित्तका शेयरधनीहरुले ५.७० प्रतिशत, नेपाल कम्युनिटी बैंकका शेयरधनीहरुले ४.३५ प्रतिशतले कमाएका छन् । निर्धन उत्थान, लुम्बिनी विकास बैंक, समता माइक्रोफाइनान्स, हाथवे फाइनान्स, कालिका पावरको शेयर मूल्य ३ प्रतिशत भन्दा बढीले बढेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।