logo

शेयर बजारमा झिनो अंकको सुधार 

    1340   पटक पढिएको

९ माघ/ अर्थ र व्यापार - बुधबारको बजारमा अपर तामाकोशीको शेयरमूल्यमा ६.९२ प्रतिशतले सुधार आएको छ । यस दिन शेयर बजारमा परिसूचक नेप्से पनि ४.१५ अंकले सुधारिएको छ । मंगलबार पाँच दिनपछि झिनो अंकले बढेर थामिएको बजारले बुधबार थप निरन्तरता पाएको हो ।

बजारमा कारोबार रकम भने खस्किदै गएको छ । सोमबार ३६ करोड ७७ लाख रुपैयाँ करोबार भएको बजार मंगलबार २९ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । बुधबार भने २४ करोड ७७ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।
कारोबारमा आएका अधिकांश उपसूचक सकारात्मक बन्दा बुधबार नेप्सेमा ४.१५ अंकले सुधार भइ ११७२.९८ बिन्दुमा पुगेको छ । यस दिन १६३ कम्पनीका १० लाख २ हजार १०७ कित्ता कारोबार भयो । कारोबारमा आएका ११ उपसूचक मध्ये उत्पादन तथा प्रशोधन र जीवन बीमाको सूचक बाहेक सबैमा हरियाली छाएका छन् । उत्पादन तथा प्रशोधन समुहको सूचक सबैभन्दा धेरै ३१.६ अंकले र जीवन बीमाको सूचक २७.३१ अंकले ऋणात्मक भए ।

बुधबार सबैभन्दा धेरै निर्जीवन बीमाको सूचक ५८.०६ अंकले बढेको छ । यस्तै हाइड्रोपावर ३१.४८, माइक्रोफाइनान्स १२.९९, विकास बैंक ६.६८, अन्य ३.३९, व्यापार २.८७, वाणिज्य बैंक १.४९, फाइनान्स ०.७९ र होटल्स् ०.२१ अंकले बढेका छन् ।
बुधबार अपर तामाकोशीको शेयर नै सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। यस्तै माछापुच्छ्रे बैंकको एक करोड ५० लाख रुपैयाँ कारोबार भएको छ । अन्य कुनै कम्पनीको शेयर कारोबार रकम करोड नाघ्न सकेन ।

यस दिन सबैभन्दा धेरै सानिमा इक्युटी फाण्डको इकाई मुल्य ९.८९ प्रतिशतले बढेको छ । यस्तै आँखुखोला जलविद्युतको शेयर मल्य ७.५० प्रतिशतले बढेको छ । आजको कारोबारबाट अपर तामाकोशीका शेयरधनीहरुले ६.९२ प्रतिशत, मिर्मिरे लघुवित्तका शेयरधनीहरुले ५.७० प्रतिशत, नेपाल कम्युनिटी बैंकका शेयरधनीहरुले ४.३५ प्रतिशतले कमाएका छन् । निर्धन उत्थान, लुम्बिनी विकास बैंक, समता माइक्रोफाइनान्स, हाथवे फाइनान्स, कालिका पावरको शेयर मूल्य ३ प्रतिशत भन्दा बढीले बढेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।