logo

झिनो अंकको सुधार सहित नेप्से परिसुचक बन्द, कारोबार रकम भने खस्कियो 

    1485   पटक पढिएको

८माघ /अर्थ र व्यापार - गत साताको बुधबारदेखि ओरालो लागेको शेयर बजार परिसूचक नेप्से पाँचौं कारोबार दिन मंगलबार भने थामिएको छ । यस बीचमा निरन्तर ओरालो लागेको बजार २७.२२ अंकले घटेपछि मंगलबार ०.७८ अंकको झिनो सुधार सहित बन्द भएको हो । परिसूचकमा झिनो अंकले सुधार देखिएपनि कारोबार रकम भने ७ करोड ५५ लाख रुपैयाँले खस्किएको छ । सोमबार ३६ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएकोमा आज १५६ कम्पनीका १० लाख २४ हजार ६१५ कित्ता शेयर २९ करोड २२ लाख रुपैयाँ बराबरमा कारोबार भएको हो । 

मंगलबार नेप्से ०.७८ अंकले सुधार हुँदा ११६८.८३ बिन्दुमा बन्द भएको छ । कारोबारमा आएका १० उपसूचक मिश्रित देखिएका छन् । जसमध्ये ७ सूचक सकारात्मक देखिएको छ भने बाँकी ऋणात्मक बनेका छन् ।

यसदिन जीवन बीमाको सूचक सबैभन्दा धेरै ६७.६८ अंकले बढेको छ । यस्तै माइक्रोफाइनान्स १७.६, होटल्स १५, विकास बैंक २.८७, अन्य २.३९, वाणिज्य बैंक ०.४३ र निर्जीवन बीमाको सूचक ०.१९ अंकले बढेका छन् । उत्पादन तथा प्रशोधनको सूचक सबैभन्दा धेरै ९२.२९ अंकले घटेको छ । यस्तै हाइड्रोपावरको ५.१४ र फाइनान्सको सूचक १.१५ अंकले ओरालो लागेका छन् ।
मंगलबार अपर तामाकोशीको सबैभन्दा धेरै रकमको कारोबार भएको छ । तामाकोशीको ५ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै माच्छापुच्छ्रे बैंकको १ करोड ६५ लाख, नागरिक लगानी कोषको १ करोड ६० लाख र नेपाल बेंकको १ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भयो । अन्य कुनै कम्पनीको शेयर कारोबार रकम करोड नाघ्न सकेन ।

मंगलबारको बजारमा  कञ्चन डेभलपमेन्ट बैंकको शेयरमूल्य अधिक ९.९८ प्रतिशतले घटेको छ । यस्तै आजको कारोबारमा नेपाल हाइड्रोपावरको ९.६५, युनिलिभर नेपालको ७.७५, जनउत्थान लघुवित्तको ३.९३ र महुलि लघुवित्तको शेयरमूल्य ३.३५ प्रतिशतले अवमूल्यन भयो ।

यता समता माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ३.५१ प्रतिशतले बढेको छ । यस्तै आजको कारोबारबाट एलआईसी नेपाल, नागबेली लघुवित्त र नेशनल हाइड्रोपावरका शेयरधनीहरुले ३ प्रतिशत बढीले कमाएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।