logo

सोमबार शेयर कारोबार रकममा झिनो सुधार , नेप्से परिसुचक भने दोहोरो अंकले घट्यो

    1543   पटक पढिएको

७ माघ /अर्थ र व्यापार - शेयर बजार परिसूचक नेप्से सोमबार १०.८६ अंकले घटेको छ । यसदिन अपर तामाकोशीको शेयरमूल्यमा ऋणात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ९.९३ प्रतिशतले ओरालो लागेको हो । कम्पनीको शेयर आइतबार पनि ६.१० प्रतिशतले घटेर बन्द भएको थियो ।

आइतबारदेखि घट्न थालेको अपर तामाकोशीको शेयरमूल्यले सोमबार पनि निरन्तरता पाउँदा आइतबार बढेर प्रतिकित्ता ३४२ रुपैयाँसम्ममा कारोबार भएको शेयर २६३ रुपैयाँमा झरेको हो । आइतबार भने २९२ रुपैयाँमा कारोबार बन्द भएको थियो ।
सोमबार शेयर कारोबार रकममा भने झिनो मात्र सुधार देखिएको छ । आइतबार ३६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३६ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से निरन्तर ओरालो लाग्दा ११६८.०६ बिन्दुसम्म झरेको हो । पछिल्लो समय पुस ११ गते नेप्से बढेर १२१६.२७ अंकसम्म पुगेको थियो ।
सोमबारको बजारमा १६६ कम्पनीका १२ लाख ६५ हजार ७८६ कित्ता शेयर ३६ करोड ७७ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबारमा आएका ११ उपसूचकमध्ये फाइनान्सको सूचक बाहेक सबै ऋणात्मक देखिएका छन् । फाइनान्सको सूचक मात्रै ०.६५ अंकले बढेको छ ।

सोमबार सबैभन्दा धेरै जीवन बीमा कम्पनीको सूचक ६१.६८ अंकले घटेको छ । निर्जीवन बीमाको ४२.६७, हाइड्रोपावरको ४२.१७, माइक्रोफाइनान्सको २५.५१ अंकले ऋणात्मक देखिए । यस्तै उत्पादन तथा प्रशोधन २३.५२, होटल्स १९.५२, अन्य ११.६, विकास बैंक ७.७६, वाणिज्य बैंक ४.६२ र ब्यापार समूहको सूचक २.९६ अंकले ओलारो लागेका हुन् । सोमबार अपर तामाकोशीको सबैभन्दा धरै रकमको कारोबार भएको छ । तामाकोशीको १० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तैएनआइसी एशिया बेंकको संस्थापक शेयर १ करोड ९१ लाख रुपैयाँ र नागरिक लगानी कोषको १ करोड ७० लााख रुपैयाँ बराबरको कारोबार भयो । अन्य कुनै पनि कम्पनीको शेयर कारोबार रकम करोड नाघ्न सकेन ।

यस दिन सबैभन्दा धेरै गोर्खाज फाइनान्सको शेयर मूल्य ४.८१ प्रतिशतले बढेको छ । यस्तै आजको कारोबारबाट मितेरी डेभलपमेन्ट बैंक र एसबिआई बैंकका शेयरधनीहरुले ३ प्रतिशतभन्दा बढीले कमाएका छन्। सेन्ट्रल फाइनान्स, कन्काई विकास बैंक, पोखरा फाइनान्सको शेयरमूल्य २ प्रतिशतभन्दा बढीले बढेका छन् ।

नेप्सेमा कारोबार खुले देखिनै सर्किट ब्रेक लाग्दै आएको अपर तामाकोशी शेयरमूल्य सोमबार सबैभन्दा धेरै घटेको छ । आइतबारको बजारबाट ६.१० प्रतिशतले ओरालो लागेको तामाकोशीको शेयरमूल्य आज ९.९३ प्रतिशतले घटेको हो । मिर्मिरे लघुवित्तको ८.१७, आँखुखोला जलविद्युतको ६.८९, नेशनल हाइड्रोपावरको ४.३४ र मेरो माइक्रोफाइनान्सको शेयर मूल्य ४.३१ प्रतिशतले घटेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।