logo

साताको चौँथो दिन नेप्से परिसूचक ०.०८ अंकले वृद्धि

    1257   पटक पढिएको

२६ मंसिर /अर्थ र व्यापार - साताको चौँथो दिन बुधबार नेप्से परिसूचक बढेपनि कारोबार भने घटेको छ । आज नेप्से परिसूचक ०.०८ अंकले बढेको हो । आज नेप्सेमा २६ करोड ८८ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने मंगलबार ३८ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आजको नेप्से परिसूचक ०.०१ प्रतिशतले बढ्दा ११४१.१८ विन्दूमा पुगेको छ । नेप्सेले जनाए अनुसार आज १ सय ५६ कम्पनीका ८ लाख ६५ हजार ७ सय १९ कित्ता सेयर खरिद विक्री भएको छ । आज बैंकिङ समूह, होटल समूह, विकास बैंक समूह, निर्जीवन बीमा समूह र लघुवित्त समूह घटेका छन् । यस्तै, जलविद्युत समूह, वित्तिय समूह, उत्पादनमूलक समूह, जीवन बीमा समूह र अन्य समूह बढेका हुन् ।

जलविद्युत समूह ३५.७७, वित्तीय समूह ३.६२, उत्पादनमूलक समूह १.५२, जीवन बीमा समूह २३.६४ र अन्य समूह ०.६५ अंकले बढेका छन् । यस्तै, बैंकिङ समूह १.३३, होटल समूह ३७.२७, विकास बैंक समूह २.५७, निर्जीवन बीमा समूह १०.६९ र लघुवित्ती समूह ८.४६ अंकले घटेका हुन् । आज सबैभन्दा बढी कारोबार आइएमई जेनेरल इन्स्योरेन्सले गरेको छ ।इन्स्योरेन्सले ४ करोड ८७ लाख ५० हजार रुपैयाँको टर्नओभर गरेको हो । सोल्टी होटलका लगानीकर्ताले सबै भन्दा बढी ५८.४६ प्रतिशतले कमाई गरेका छन् भने सिटिजन्स बैंकका लगानीकर्ताले आज सबैभन्दा बढी ४.०१ प्रतिशतले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।