logo

धितोपत्र बजार सम्बद्ध सबै पक्षहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नाफाको १ प्रतिशत छुट्याउनुपर्ने

    1891   पटक पढिएको

२७ पुस/अर्थ र व्यापार– धितोपत्र बजार सम्बद्ध सबै पक्षहरुले अबदेखी संस्थागत सामाजिक उत्तरदायित्वका लागि रकम छुट्याउनुपर्ने भएको छ ।

स्टक ब्रोकरहरुले अबदेखी खुद मुनाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वका लागि खर्च गर्नुपर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डले बजार सम्बद्ध सबै पक्षहरु केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले उक्त शिर्षकमा रकम छुट्याउनुपर्ने व्यवस्था गरेको हो ।

यसरी छुट्याएको रकम विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धिका कार्यमा खर्च गर्नुपर्ने बोर्डले जनाएको छ । यसरी रकम खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप वितरण गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ।

हाल प्राथमिक तथा दोस्रो बजार पूर्ण प्रविधिमैत्री भई ७७ ओटै जिल्लाका लगानीकर्ताहरु समेटिएकाले यो व्यवस्थाबाट लगानीकर्ताहरु सुसूचित भई निर्णय लिन र बजार विकास र विस्तारमा सहयोग पुग्ने विश्वास बोर्डको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।