logo

धितोपत्र बजार सम्बद्ध सबै पक्षहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नाफाको १ प्रतिशत छुट्याउनुपर्ने

    1532   पटक पढिएको

२७ पुस/अर्थ र व्यापार– धितोपत्र बजार सम्बद्ध सबै पक्षहरुले अबदेखी संस्थागत सामाजिक उत्तरदायित्वका लागि रकम छुट्याउनुपर्ने भएको छ ।

स्टक ब्रोकरहरुले अबदेखी खुद मुनाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वका लागि खर्च गर्नुपर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डले बजार सम्बद्ध सबै पक्षहरु केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले उक्त शिर्षकमा रकम छुट्याउनुपर्ने व्यवस्था गरेको हो ।

यसरी छुट्याएको रकम विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धिका कार्यमा खर्च गर्नुपर्ने बोर्डले जनाएको छ । यसरी रकम खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप वितरण गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ।

हाल प्राथमिक तथा दोस्रो बजार पूर्ण प्रविधिमैत्री भई ७७ ओटै जिल्लाका लगानीकर्ताहरु समेटिएकाले यो व्यवस्थाबाट लगानीकर्ताहरु सुसूचित भई निर्णय लिन र बजार विकास र विस्तारमा सहयोग पुग्ने विश्वास बोर्डको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।