logo

शेयर बजारमा दोस्रो दिन पनि सुधार, बैंक र बिमाले शेयर बजारलाई उचाल्यो, कारोबार ३० करोड मात्रै

    1146   पटक पढिएको

१८ मंसिर / अर्थ र व्यापार - बैक र बिमाको समूहको उपसूचक बढेसँगै बुधवार शेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ८.७३ अंकले बढेर ११२४.४७ अंकमा उक्लिएको छ।
बुधवार कारोबारको सुरु देखिनै बजार बढ्दो अवस्थामा रहेको थियो। बैंकहरु ऋण दिन ब्रोकर कार्यालय जान थालेको र बैंक ब्याजदर पनि कम भएको संकेतसँगै बजार उकालो लागेको हो। बैंक ब्याजदर महँगो भएकै कारण शेयर बजार ओरालो लाग्दै आएको थियो।

कारोबारको पहिलो तीन घण्टा बजार सामान्य अंकले बढेको भए पनि अन्तिम एक घण्टामा बजार थप सुधारोन्मुख देखिएको हो। कारोबारको अन्तमा सबै उपसूचक बढेपछि नेप्से सूचक थप बढेर बन्द भएको हो।बुधवार बिमा समूहमा लगानीकर्ताको आकर्षण देखियो। जीवन बिमा समूह र निर्जीवन बिमा समूहमा लगानीकर्ताको आकर्षण बढ्दा उक्त समूहको उप सूचक समेत उल्लेख्य बढेका छन्।

जीवन बिमा समूहको उप सूचक २.८१ प्रतिशत र निर्जीवन बिमा समूहको उपसूचक २.५६ प्रतिशतले बढेको छ। कारोबारमा आएका धेरै जसो बिमा कम्पनीको शेयर मूल्य धेरै बढ्ने कम्पनीको सूचिमा छ। प्रिमियर इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सात देखि नौ प्रतिशत सम्म बढेको छ ।

बुधवार कारोबार रकम समेत बढेको छ। १६९ कम्पनीका नौ लाख ९० हजार कित्ता शेयर ३० करोड रुपैयाँमा किनबेच भए। सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भयो। कम्पनीको मात्रै दुई करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। कारोबार रकमकै आधारमा एनआइसी एशिया बैक दोस्रो भएको छ। बैंकको एक करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।