logo

शेयर बजारलाई राहत मिल्ने गरी मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक, ऋण सीमा बढाउने 

    1781   पटक पढिएको

२० आषाढ/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले घट्दो शेयर बजारलाई मध्ये नजर गर्दै मौद्रिक  नीति ल्याउने भएको छ । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत ऋण लगानी सीमामा केही खुकुलो नीति लिने भएको हो । 

अहिले शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको धितो बापत शेयर मूल्यांकन गर्दा पछिल्लो १८० दिनको औषत मूल्यको ५० प्रतिशतसम्म ऋण दिन पाइने ब्यवस्था छ । शेयर बजार घटिरहेका कारण बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई मूल्य घट्ने वित्तिकै ’मार्जिन कल’ गर्न थालेका छन्। यसले लगानीकर्ता थप दबाबमा परेको राष्ट्र बैंकको निष्कर्ष निकालेको छ ।

त्यसैले यस्तो अवस्थालाई केही हदसम्म सहजीकरण गर्नका लागि राष्ट्र बैंकले ५० प्रतिशतको सीमालाई ६० देखि ६५ प्रतिशतसम्म पुग्याउने तयारी गरेको छ ।

विगतमा राष्ट्र बैंकको गभर्नर हुँदा डा. खतिवडाले पनि शेयर ऋणलाई आवश्यकता अनुसार घटाउने वढाउने गरेका थिए । त्यसैले शेयर धितो कर्जाको सीमाका बारेमा राष्ट्र बैंकलाई अर्थमन्त्री खतिवडाको दवाव नरहेको स्रोतहरुको दावी छ ।

निजी क्षेत्रमैत्री भनेर चिनिएका नेपाल शेयर बजारको नियामक धितोपत्र वोर्डका समेत अध्यक्ष भइसकेका राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाललाई पनि शेयर बजारको समस्या संवोधनका लागि तत्काल कदम चाल्नुपर्ने दबाब छ । 

५० प्रतिशतको सीमालाई ६० देखि ६५ प्रतिशत पुर्याउँदा बैंकहरुले ऋण बढाइहाल्ने अवस्था छैन । पुराना ऋणीलाई थप दबाब नपरोस, थोरै मूल्य घट्दा आत्तिएर बेच्ने अवस्था नआओस् भनेर सीमा बढाउन खोजिएको देखिन्छ ।

गभर्नर निकट स्रोतका अनुसार अनुसार, सीमा असाध्यै बढाउन सकिने अवस्था नरहेको तर ६० देखि ६५ प्रतिशतसम्म पुर्याउन सकिन्छ । ऋणको सीमा बढाउँदा ’मार्जिन कल’ को समस्या हट्ने र शेयर बजार स्वभाविकतातिर फर्किने बताए ।

स्रोतका अनुसार, गभर्नरले मार्जिन लेन्डिङको ब्यवस्था मौद्रिक नीतिमा उल्लेख गर्ने तर सीमा कति भन्ने कुरा खाली राख्न अह्राएको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।