logo

शेयर बजारलाई राहत मिल्ने गरी मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक, ऋण सीमा बढाउने 

    1365   पटक पढिएको

२० आषाढ/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले घट्दो शेयर बजारलाई मध्ये नजर गर्दै मौद्रिक  नीति ल्याउने भएको छ । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत ऋण लगानी सीमामा केही खुकुलो नीति लिने भएको हो । 

अहिले शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको धितो बापत शेयर मूल्यांकन गर्दा पछिल्लो १८० दिनको औषत मूल्यको ५० प्रतिशतसम्म ऋण दिन पाइने ब्यवस्था छ । शेयर बजार घटिरहेका कारण बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई मूल्य घट्ने वित्तिकै ’मार्जिन कल’ गर्न थालेका छन्। यसले लगानीकर्ता थप दबाबमा परेको राष्ट्र बैंकको निष्कर्ष निकालेको छ ।

त्यसैले यस्तो अवस्थालाई केही हदसम्म सहजीकरण गर्नका लागि राष्ट्र बैंकले ५० प्रतिशतको सीमालाई ६० देखि ६५ प्रतिशतसम्म पुग्याउने तयारी गरेको छ ।

विगतमा राष्ट्र बैंकको गभर्नर हुँदा डा. खतिवडाले पनि शेयर ऋणलाई आवश्यकता अनुसार घटाउने वढाउने गरेका थिए । त्यसैले शेयर धितो कर्जाको सीमाका बारेमा राष्ट्र बैंकलाई अर्थमन्त्री खतिवडाको दवाव नरहेको स्रोतहरुको दावी छ ।

निजी क्षेत्रमैत्री भनेर चिनिएका नेपाल शेयर बजारको नियामक धितोपत्र वोर्डका समेत अध्यक्ष भइसकेका राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाललाई पनि शेयर बजारको समस्या संवोधनका लागि तत्काल कदम चाल्नुपर्ने दबाब छ । 

५० प्रतिशतको सीमालाई ६० देखि ६५ प्रतिशत पुर्याउँदा बैंकहरुले ऋण बढाइहाल्ने अवस्था छैन । पुराना ऋणीलाई थप दबाब नपरोस, थोरै मूल्य घट्दा आत्तिएर बेच्ने अवस्था नआओस् भनेर सीमा बढाउन खोजिएको देखिन्छ ।

गभर्नर निकट स्रोतका अनुसार अनुसार, सीमा असाध्यै बढाउन सकिने अवस्था नरहेको तर ६० देखि ६५ प्रतिशतसम्म पुर्याउन सकिन्छ । ऋणको सीमा बढाउँदा ’मार्जिन कल’ को समस्या हट्ने र शेयर बजार स्वभाविकतातिर फर्किने बताए ।

स्रोतका अनुसार, गभर्नरले मार्जिन लेन्डिङको ब्यवस्था मौद्रिक नीतिमा उल्लेख गर्ने तर सीमा कति भन्ने कुरा खाली राख्न अह्राएको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।