logo

सानिमा माइ हाइड्रोपावरको १०% बोनस शेयर घोषणा, पुस २७ मा साधारणसभा

    1395   पटक पढिएको

२६ मंसिर / अर्थ र व्यापार -  सानिमा माइ हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस शेयर प्रदान गर्ने घोषणा गरेको छ। सञ्चालक समितिको बुधबार बसेको बैठकले आठौं वार्षिक साधारणसभा पुस २७ गते गर्ने मिति टुंगो गरेको छ ।

पुस ६ गतेसम्म कायम शेयरधनीहरूले प्रस्तावित बोनस शेयर प्राप्त गर्न सक्ने छन्। साधारणसभा लागि पुस ७ गते एक दिन बुक क्लोज हुने छ। कम्पनीले गत वर्ष १५ प्रतिशत लाभांस दिएको थियो। १० प्रतिशत बोनस शेयरसहित ५ प्रतिशत नगद लाभांस दिएकोम यो वर्ष भने लाभांस घटाएको हो। 

कम्पनीले २०७० सालमा प्राथमिक शेयर निष्काशन गरेको थियो। प्राथमिक शेयर निष्काशन गरेको ५ वर्षपछि लाभांस वितरण गर्न सफल भएको हो। गत वर्ष २३ करोड ४६ लाख रूपैयाँ नाफा आर्जन गरेको थियो। बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड रूपैयाँ पुग्ने छ। इलामको माइ खोलाको पानीबाट २२ मेगावाट ऊर्जा उत्पादन गर्दै यो हाइड्रोपावरको प्रमुख शेयरधनीहरूमा एनआरएन समुह छन्। 

कम्पनीले निमित लाभांस दिन थाले पनि दोस्रो बजारमा कम्पनीको शेयर मूल्य भने १ सय ९३ रूपैयाँ छ। एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य अधिकतम ३ सय ८ र न्युनतम १ सय ७४ रूपैयाँसम्म कायम रहेको थियो। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।