logo

शेयर बजारमा सामान्य सुधार, २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार

    1605   पटक पढिएको

२२ फागुन /अर्थ र व्यापार - शेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ९.१२ अंकले बढेर ११११.७६ अंकमा पुगेको हो । आज १६९ कम्पनीको ८ लाख २६ हजार १३ कित्ता शेयर २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

कारोबारमा आएको सबै समूहको सूचक सकारात्मक देखिएको छ । सबै भन्दा धेरै जीवन बीमा समुहको सुचक ९६.१४ अंकले बढेको छ । निर्जीवन बीमा ६७.५६, होटल २५.४४, माइक्रो फाइनान्स १९.५, विकास बैंक १०.८२, वाणिज्य बैंक ७.२३ अंकले सुधार भएका छन् । यस्तै हाइड्रोपावर ५.९, फाइनान्स ४.३६, उत्पादन तथा प्रशोधन ३.९६ र अन्य समुहको सुचक ०.५३ अंकले सकारात्मक भएका छन् ।

बुधबार सबै भन्दा धेरै एनसीसी बैंकको शेयर कारोबार भएको छ । बैंकको १ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नेपाल बैंकको १ करोड ३६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड १७ लाख र एनएमबि बैंकको १ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अन्य कुनैपनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन् ।

हाथवे फाइनान्स शेयर मूल्य सबै भन्दा धेरै ८.३३ प्रतिशतले बढेको छ । यस्तै कञ्चन डेभपलमेन्ट बैंकको शेयरधनीले आजको कारोबारबाट ८.२८ प्रतिशतले कमाएका छन् । नेपाल सेवा लघुवित्त, सपोर्ट माईक्रोफाइनान्स नाडेप लघुवित्तको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले बढेको छ । यता घलेम्दी हाइड्रोपावरको शेयरधनीले सबै भन्दा धेरै ६.५५ प्रतिशतले गुमाएका छन् । यसैगरी ग्रिन डेभलपमेन्ट बैंक, एनआइविएल प्रगति फण्डको इकाई मूल्य, कालिमा लघुवित्त, सेन्ट्रल फाइनान्स लगायतको शेयर मूल्य १ प्रतिशत भन्दा बढीले घटेका छन् ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।