logo

चार बैंक तथा वित्तीय संस्थाको साधारणसभा, गरिमा, नेरुडे र डिप्रोक्सले बोनस शेयर पारित गर्दै

    1648   पटक पढिएको


 

६ पुस / अर्थ र व्यापार - काठमाडौं। गरिमा विकास बैंक, नेपाल ग्रामीण विकास बैंक, नेरुडे लघुवित्त विकास बैंक र डिप्रोक्स लघुवित्त विकास बैंकले साधारण साभा डाकेका छन् । गरिमा विकास बैंकले पुष २८ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ ।

 बैंकले साधारणसभाबाट हाल कयम भएको चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । साथै साधारणसभाले दुईजना सर्वसाधारण समुहको तर्फबाट संचालक सदस्य निर्वा्चित गर्ने भएको छ । बैंकले साधारणसभा प्रयोजनकालागि पुष १४ देखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यसैगरी डिप्रोक्स लघुवित्त विकास बैंकले पुष २७ गते सोह्रौ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभाबाट हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । साधारणसभाबाट सर्वसाधारण समुहको तर्फबाट तीन जना संचालको निर्वाचन गर्ने भएको छ । साधारणसभा प्रयोजनकालागि पुष १४ देखि २७ गतेसम्म बुक क्लोज हुने भएको छ ।

नेपाल ग्रामीण विकास बैंकले पुष २८ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभाबाट नेपाल ग्रामीण विकास बैंकको नाम र ठेगाना परिवर्तनकालागि प्रवन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने जनाएको छ । साथै बैंकले साधारणसभा प्रयोजनको लागि पुष १२ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

नेरुडे लघुवित्त विकास बैंकले पुष २९ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभाबाट हाल कायम भएको चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । बैंकले साधारणसभाबाट सर्वसाधारण समुहको तर्फबाट दुई जना संचालनको निर्वाचन गर्ने भएको छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुष ९ गते देखि २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।