logo

गत बर्ष पाँच खर्ब रुपैयाँको शेयर कारोबार

    1470   पटक पढिएको

१० साउन / अर्थ र व्यापार – गत आर्थिक वर्ष २०७३/७४ मा ५० शेयर ब्रोकरमध्ये कारोबार रकमका आधारमा अनलाइन सेक्युरिटीजले सबैलाई उछिनेको छ । गत बर्ष करिब पाँच खर्ब रुपैयाँको कारोबार भएकोमा अनलाइनले झन्डै २३ अर्ब रुपैयाँको खरिद बिक्रीमा मध्यस्थता गरेको हो । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०५० साल देखिनै कारोबार गराउने कम्पनीलाई २०६७ थपिएका नयाँ ब्रोकरले उछिनेका छन् । धेरै कारोबार गराउने १० ब्रोकर कम्पनीमा छ वटा नयाँ परेका हुन् । ब्रोकर नम्बर तीन ओपल सेक्युरिटीज कारोबार रकमका आधारमा ५० औँ स्थानमा छ । 

गत वर्ष ५० ब्रोकरले कुल चार खर्ब ९० अर्ब ७३ करोड ९८ लाख ९४ हजार एक रुपैयाँको शेयर कारोबार गराएका थिए । त्यसमध्ये अनलाइन (ब्रोकर नम्बर ४९) ले २२ अर्ब ६९ करोड ४४ लाख ३७ हजार पाँच सय ६६ रुपैयाँको कारोबार गराएको हो । यो कम्पनीले २०६७ सालमा ब्रोकर लाइसेन्स पाएको थियो ।

कारोबार रकमका आधारमा भिजन सेक्युरिटीज (ब्रोकर नम्बर ३४) दोस्रो र एबिसी सेक्युरिटीज (ब्रोकर नम्बर १७) तेस्रो स्थानमा छन् । भिजन नयाँ र एबिसी पुरानो कम्पनीको सूचीमा पर्छन् । खण्डेलवाला स्टक ब्रोकिङ कम्पनीका रुपमा स्थापित उक्त कम्पनीलाई २०५४ सालमा सजन कुमार अग्रवालले खरिद गरि एबिसी बनाएका थिए । 

कारोबार रकमका आधारमा चौथो स्थानमा इम्पेरीयल सेक्युरिटीज (ब्रोकर नम्बर ४५), पाचौँमा नाशा सेक्युरिटी (ब्रोकर नम्बर ५८) र छैटौँमा डाइनामिक मनि म्यानेजर्स (ब्रोकर नम्बर ४४)। सातौँ स्थानमा श्रीकृष्ण सेक्युरिटीज (ब्रोकर नम्बर २८), आठौँमा अग्रवाल सेक्युरिटी (ब्रोकर नम्बर ६), नवौँमा शनी सेक्युरिटीज (ब्रोकर नम्बर ४२) र दशौँ स्थानमा प्रिमो सेक्युरिटीज (ब्रोकर नम्बर १६) छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।